+
+
Shares

बायोमेट्रिकबाट जाँच नगराऔं : स्वास्थ्य व्यवसायी महासंघ

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १६ गते ८:४३

१६ माघ, काठमाडौ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारहरुलाई बायोमेट्रिक प्रणालीमार्फत स्वास्थ्य परीक्षण नगर्न नगराउन स्वास्थ्य व्यवसायी महासंघले आग्रह गरेको छ ।

मलेसियास्थित नेपाली दूतावासले गएको जनवरी १५ देखि अनिवार्य रुपमा बायोमेट्रिक प्रणाली लागू गर्न पत्राचार गरेपछि नेपालका ३९ वटा स्वास्थ्य संस्थाहरुले बायोमेट्रिक प्रणाली लागू गरेका थिए ।

बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परिक्षण गर्दा प्रत्येक वैदेशिक रोजगारमा जाने कामदारलाई १५ सय रुपैंया बढी पर्ने भन्दै विरोध हुँदै आएको थियो ।

विवादकाबीच बायोमेट्रिक प्रणाली लागू गरिएको भन्दै सवर्त्र विरोध भएपछि ब्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले बायोमेट्रिक प्रणाली रोक्न निर्देशन दिइसकेको छ ।

सरकारी स्तरबाटै रोक लगाइएकाले बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण नगर्न नगराउन आग्रह गरिएको नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिले नै बायोमेटि्रक प्रणालीबाट स्वास्थ्य परीक्षण नगर्न दिर्नेशन दिएपछि स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष खड्काले विज्ञप्ति जारी गरी बायोमेट्रिक प्रणाली लागू नगर्न आग्रह गरेका हुन् ।
गत वर्षको साउनमा श्रम मन्त्रालयका तत्कालीन सचिवको उपस्थितिमा भएको छलफलबाट बैदेशिक रोजगार ब्यसायी, नेपाल सरकारद्वारा सूचीकृत सदस्य संस्थाहरुका साथै मलेसियन सरकारद्वारा स्रोत मुलुकहरुमा बायोमेटि्रक लागू गर्न भनी मलेसियन बेस्टिनेट कम्पनीलाई दिने निर्णय गरिएको थियो ।

बायोमेट्रिक प्रणाली अनिवार्य गर्दै बेस्टिनेट कम्पनीलाई दिने निर्णय गरिएकोमा स्वास्थ्य मेडिकल ब्यवसायीहरु तथा म्यानपावर ब्यवसायीहरुले विरोध जनाउँदै आएका थिए ।

यस्तै, नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका द्वितीय उपाध्यक्ष कुमुद खनालले पनि विज्ञप्ति जारी गर्दै अवैधानिक रुपमा सञ्चालित ३९ वटा बायोमेटि्रक मेडिकल सेन्टरहरुलाई तुरुन्त कानूनी कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?