Comments Add Comment

पत्रकार महासंघको युरोप शाखामा सदस्यताबारे छानबिन सुरू

fnj-logoयुरोप । नेपाल पत्रकार महासंघ युरोप शाखामा रहेका सदस्यहरूबारेमा छानबिन सुरू भएको छ । छानबिनका लागि दधि सापकोटाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गठन गरिएको हो ।

सदस्यताबारेमा बिवाद भएपछि परेको उजुरीका अधारमा नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले छानबिनका लागि पत्राचार गरेको थियो ।

छानबिन समितिले रित नपुगेका वा नक्कली कागजपत्रसहित आवेदन दिएको पाएमा केन्द्रलाई सिफारिस गर्ने जनाएको छ ।

पहिलो अधिबेशनदेखि नै अहिलेसम्म सदस्यता शुल्क बुझाएका,  नबुझाएका,  तत्कालिन नयाँ आवेदकको हकमा निवर्तमान समितिसँग सहयोग लिईने छानबिन समितिले जनाएको छ  ।  शुल्क नबुझाएको भएमा एकमुष्ठ बुझाउनु पर्ने तथा नयाँ आवेदकलार्इ निवेदनसहित सदस्यता शुल्क जम्मा गरेको प्रमाण पेश गर्न अाग्रह गरिएको छ ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशन गत सेप्टेम्बरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट र महासचिव उजिर मगरसहितको उपस्थितिमा सम्पन्न भएको थियो ।

महासंघ युरोप शाखाको पहिलो पेरिस अधिवेशनदेखि नै वास्तविक पत्रकारहरूको पहिचान र बैधानिकताको छानबिन हुनुपर्छ भन्ने निर्णयसहित सर्वसम्मत छानविन समिति गठन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment