+
+
WC Series
कर्णाली याक्स 2025
101/7 (16.6)
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

लेखेर राख्नोस् ! बैसाखमा सरकार ढल्छ : अमरेश

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते १६:५५

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहलाई कतिपयले नेपाली राजनीतिको भविश्यवेत्ता पनि भन्छन् । उनको ‘एनालाइसिस’ सुनेर राजनीति गर्ने नेताहरु धेरै छन् नेपालमा ।Amresh Sing (2)

के अब सत्ता पक्ष र विपक्षीवीच वार्ता होला ? अनलाइनखबरको प्रश्नमा सभासद सिंहले भविश्यवाणी गरे- ‘लेखेर राख्नोस् सुशील कोइरालाको सरकार बैशाखभित्र ढल्छ, अबको १० दिनमा वार्ता भएन भने नयाँ सरकारसँग आन्दोलनकारीले वार्ता गर्छन् ।’

आगामी फागुन १६ गते एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले राजधानीमा गर्न लागेको जनप्रदर्शनले आन्दोलनकारीको तागत मापन हुने सिंहको विश्लेषण छ । उनी भन्छन्- ‘त्यसपछि चैतदेखि आन्दोलन उठ्छ र बैशाखभित्र यो सरकार ढल्छ ।’

प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी मोर्चालाई पत्र पढाउँदा विचार नपुर्‍याएकाले वार्ताको वातावरण बन्न नसकेको सिंह बताउँछन् । विपक्षीको मागलाई सम्बोधन गर्ने गरी अर्को पत्र लेखेको अवस्थामा तत्काल वार्ता हुन सक्ने उनको तर्क छ ।

अहिले प्रक्रिया स्थगित भएन भने विपक्षी दलहरुले सुशील कोइरालाको राजीनामालाई एकमात्र शर्त बनाउने सिंहले बताए ।

तर, प्रधानमन्त्रीले यसरी तारन्तार पत्र लेखिरहँदा विपक्षीसँग निहुरिएजस्तो देखिँदैन ? यो प्रश्नमा सिंह भन्छन्- ‘पहिले मधेस आन्दोलन हुँदा गिरिजाप्रसादले गरेको काम हेरे हुन्छ, झुक्दिँन भन्दा मधेस आन्दोलनमा धेरैको ज्यान गयो र गिरिजाप्रसाद झुक्न बाध्य भए ।’

‘तर, अहिले आन्दोलन उठ्ने सम्भावना छ र ?’ यो प्रश्नमा अमरेशले दिल्लीको चुनाव सम्झिए । ‘त्यहाँ कांग्रेस र अरु सबैले बीजेपीलाई हराउन आपलाई सघाएको देख्नुभएन ?’ सिंहले प्रश्नका साथ जवाफ दिए- ‘आन्दोलनमा मधेसी, जनजाति, कमल थापा र खुमबहादुर खड्काले पनि प्रचण्डलाई साथ दिन्छन् । माधव नेपाल र शेरबहादुरले पनि साथ दिन्छन् । आन्दोलन त उठ्छ उठ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?