+
+
Shares

यसरी मनाउन थालियो अन्तर्राष्ट्रिय नारी दिवस

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २४ गते १०:४०

२४ फागुन, काठमाडौंं । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेटि्कन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।

nari diwas (1)

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।

क्लारा जेटि्कन
क्लारा जेटि्कन

सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेटि्कनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

मार्क्सवादीहरुले सुरु गरे पनि यो दिवस संसारभरिका पुँजीवादी महिलाले समेत मनाउँछन् ।

लामो समयदेखि महिलाहरुले संघर्ष गरे भने नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए । तर, आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ ।

महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् ।

महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको १०५ वर्ष पुगिसक्दा आज पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन ।

महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ । आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आरोमा दुब्र्यवहार गर्ने कामहरु पनि भइ नै रहेका छन् । राजधानीमै किशोरीहरुमाथि तेजाव हाल्ने जस्ता जघन्य अपराधका घटना  भएका छन् ।

महिलाहरुले संगठित रुपमा नै आवाज उठाउन थालेको वर्षौ वर्ष भए पनि अधिकार पाउन नसकेको अवस्थाकैबीच आइतबार विश्वकै महिलाहरु १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका छन् ।

नारी दिवसलाई दिवसको रुपमा मात्रै नभएर महिलाहरुले समान अधिकार प्राप्त गर्ने तहसम्म आजको दिनलाई लिन जरुरी देखिन्छ ।

nari diwas (2)nari diwas (4) nari diwas (6) nari diwas (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?