+
+

आजदेखि ‘तनाब’, बन्दको हल्लाले साईकल सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते १०:०८

harsikaकाठमाडौं । ऋषि न्यौपाने निर्देशित तनाब आजदेखि प्रदर्शन भएको छ । निर्मल सेन्चुरी, रागीनी खड्गी, एनी कुँबर लगायतका कलाकारको मुख्य भुमिका रहेको यो फिल्म एक्सन प्रधान रहेको छ ।

शुक्रवारदेखि नै हलिउड फिल्म ‘फ्युरिस ७’ प्रदर्शन हुने भएको छ । जेम्स वानको निर्देशन रहेको यस फिल्ममा भिन डिजेल, पउल वाकर, डाउने जोन्सन, मिसेल रोडि्रग्यु, जोर्डना ब्रेस्टर जेसन स्थाथमको मुख्य भुमिका रहेको छ ।

शुक्रबारबाट प्रदर्शन गर्ने भनिएको चलचित्र सइकल बन्दको हल्लाले प्रदर्शन नहुने भएको छ । बिक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारी, विजय देउजा, रश्मी भट्ट, टेकबहादुर केसी, आनन्द पुन, रोशन श्रेष्ठलले अभिनय गरेको फिल्ममा विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेशपायल राई अतिथी भूमिकामा छन ।

फिल्ममा शिब घिमिरेको लेखन निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?