बलिउड आफैमा विशाल छ । यहाँ हजारौ मानिसले विभिन्न क्षेत्रमा आफ्नो परिचय बनाएका छन् । यी मध्ये केही छन्, जसले आफ्नो परिचय निर्देशकमा बनाएका छन् । तर, यी निर्देशकलाई अन्य निर्देशकले परिचय फेर्न सहयोग पनि गरेका छन् । जसमा पर्छन्, बलिउडका चर्चित निर्देशक जो पछि खलनायक भएका थिए । चलचित्र निर्देशन गरेर सफलता हात पारेका निर्देशकहरुलाई अन्य निर्देशकले खलनायक बनाएका छन् ।
चर्चित निर्देशक करण जोहर चलचित्र ‘बम्बे वेलवेट’बाट खलनायक बनेका छन् । यो चलचित्रमा उनी रणवीर कपुरको दुश्मनको रुपमा देखिदैछन् । यो चलचित्रमा करणलाई खलनायक बनाएका हुन् निर्देशक अनुराग कश्यपले ।

यस्तै, चर्चित निर्देशक तिग्मांशु धुलिया पनि खलनायक बनेका छन् । उनलाई चलचित्र ‘ग्याङ अफ वासेपुर’मा खलपात्रको रुपमा देखिएको थियो । तिग्मांशुले आफ्नो चलचित्रमा अनुराग पनि खलनायक बन्न राजी भएकाले उनको चलचित्र गरेको बताएका थिए ।
यो वाचालाई पुरा गर्दै अनुराग तिग्मांशुको चलचित्र ‘शागिर्द’मा भिलेन बनेका थिए । यस्तै, अनुरागले चलचित्र ‘आई एम’मा पनि खलनायक बन्ने अफर स्विकार गरेका थिए ।
निर्देशक सुधिर मिश्रा पनि चलचित्र ‘खामोश’मा खलनायकको रुपमा देखिएका थिए । यसपछि उनी सन् २००७ मा चलचित्र ‘ट्राफिक सिग्नल’मा पनि नकारात्मक भूमिकामा देखिएका थिए । उनलाई यसपछि थुप्रै चलचित्रमा खलपात्रको अफर आएको थियो । तर, उनले आफ्नो निर्देशकको करिअर हेरेर यो कुरालाई अस्विकार गरेका थिए ।
सन् २००९ मा बनेको चलचित्र ‘कमिने’मा निर्देशक अमोल गुप्ते भिलेन बने । यो चलचित्रमा उनको भूमिकालाई खुबै रुचाइएको थियो । यसपछि उनी सन् २०१० मा ‘फस गए रे ओबामा’ पनि भिलेनकै भूमिाकामा देखिए । उनको भूमिकालाई यती धेरै रुचाइएको कि, निर्देशक रोहित सेट्टीले उनलाई ‘सिंघम रिटन्र्स’मा सशक्त भिलेनको भूमिका दिए । यसपछि उनको चर्चा झनै चुलियो ।
प्रतिक्रिया 4