0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

भारतको बहराईचबाट दुई बालकको उद्दार

२९ असार, नेपालगन्ज । जोखिम युक्त यात्रामा रहेका दुई नेपाली बालकको भारतको बहराईचबाट उद्दार गरी सोमबार नेपाल ल्याईएको छ । उद्दार गरिएका दुबै बालक सिविनले सञ्चालन गरेको बालगृह नेपालगन्जमा राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २९ गते ८:२६

आरपी सुवेदी
२९ असार, नेपालगन्ज । जोखिम युक्त यात्रामा रहेका दुई नेपाली बालकको भारतको बहराईचबाट उद्दार गरी सोमबार नेपाल ल्याईएको छ । उद्दार गरिएका दुबै बालक सिविनले सञ्चालन गरेको बालगृह नेपालगन्जमा राखिएको छ ।
Balak
भारतको बहराईचमा रहेको बाल हेल्पलाईन तथा देहात संस्थाको समन्वयमा रोल्पा पाखापानी साजदेकम्दाका १२ बर्षीय प्रकाश वली र काठमाण्डौ गोठाटार-२ का १२ बर्षीय श्रीराज हुमागाईलाई सकुशल नेपाल फिर्ता ल्याईएको हो ।

जोखिममा पर्न सक्ने दुबै बालकहरुका घरपरिवार नभएको र आफन्तले पनि राम्रो हेरचाह नगरेको कारण घर छोडेर भारत पसेको अवस्थामा हुमागाईलाई बाबागन्ज नजिकैबाट र वलीलाई बहराईच रेलस्टेशनबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएर बालहेल्पलाईन बहराईचमार्फत देहात संस्थालाई जिम्मा लगाएको थियो ।

उनीहरुलाई लिनको लागि मानव बेचविखन तथा घरेलु हिंसा विरुद्धको जिल्ला स्तरीय उद्दार समिति बाँकेको एक टोलि भारतको बहराईच पुगेको थियो । महिला विकास निरिक्षक बिन्दू कुँवरको नेतृत्वमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, साथी संस्थाकी कमला पन्त, ल्याक नेपालकी सुनिता शर्मा र सिविनका आशारानी श्रेष्ठ भारतको बहराईच पुगेका थिए ।

सो टोलीलाई देहात संस्थाका सञ्चालक डा. जितेन्द्र चतुर्बेदीले जिल्ला बाल कल्याण मजिस्ट्रेडको सामु आवश्यक प्रकृया पुरा गरेर निजहरुको अभिभावकको पत्तालगाई घरसम्म पुर्‍याईदिनको लागि बालकहरुलाई जिम्मा लगाएका थिए । उनले अत्यन्तै जोखिम युक्त अवस्थामा आफ्नो संस्थाले दुबै बालकको उद्दार गरेर घर पठाउन पाएकोमा खुसी ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?