+

इनिङ र ४६ रनको जितसँगै क्लार्कको सुखद विदाइ

२०७२ भदौ  ६ गते २१:३५ २०७२ भदौ ६ गते २१:३५
इनिङ र ४६ रनको जितसँगै क्लार्कको सुखद विदाइ

Michael-Clarke

६ भदौ, काठमाडौं । एसेजको अन्तिम टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई एक इनिङ र ४६ रनले पराजित गरेको छ । हारका बाबजुत इंग्ल्याण्डले ३-२ ले एसेज सिरिज जितेको छ ।

यसअघि नै सिरिज गुमाएको अष्ट्रेलियाले करियरको अन्तिम टेष्ट खेलिरहेका कप्तान माइकल क्लार्कको सुखद विदाइ गरेको छ ।

३३२ रनले फलोअनमा परेको इंग्ल्याण्ड दोस्रो पारीमा २८६ रनमा अलआउट भयो । ६ विकेटको क्षतिमा बनाएको २०३ रनबाट चौथो दिनको खेल थालेको इंग्ल्याण्डले थप ८३ रन जोड्दा बाँकी ४ विकेट गुमायो ।

जोस बट्लर ४२ र मोइन अली ३५ रनमा आउट भए । कप्तान एलेस्टर कुकले ८५ रन बनाए । अष्ट्रेलियाका पिटर सिडलले ४ विकेट लिए भने नाथन लायन र मिचेल मार्सले २-२ विकेट हात पारे ।

पहिलो पारीमा अष्ट्रेलियाले ४८१ रन बनाएको थियो भने इंग्ल्याण्ड १४९ रनमा अलआउट भएको थियो । करियरको अन्तिम टेष्टमा क्लार्क भने चल्न सकेनन् । उनले मात्र १५ रन बनाए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय