Comments Add Comment

टीकापुर झडपमा भारतीय घुसपैठ हुन सक्छ : मसाल

७ भदौ, काठमाडौं । कैलालीको टीकापुरमा भएको झडपमा भारतीय घुसपैठ भएको हुनसक्ने नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आरोप लगाएका छन् ।

मोहनविक्रम सिंह
मोहनविक्रम सिंह

महामन्त्री सिंहले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्-‘बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा ठूलो सङ्ख्यामा भारतीय सेनाका मानिसहरू सिभिल ड्रेसमा सामेल भएको कुरा आम रूपमा थाहा भएको कुरा हो । त्यही प्रकारले नेपालमा तराइमा चल्ने आन्दोलनमा पनि भारतीय घुसपैठको अत्यधिक सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।’

महामन्त्री सिंहले टीकापुरको आन्दोलनलाई थारुहरुको मात्रै भन्न नसकिने बताउादै त्यसमा विदेशी शक्तिको घुसपैठ हुनसक्ने र पृथकतावादीहरुदे देश टुक्राउनका लागि प्रयोग गर्न सक्ने सिंहले बताएका छन् ।

सिंहले जारी गरेको वक्तव्यमा भनिएको छ,’ टीकापुरको उग्र प्रदर्शन खाली थारुहरूको मात्र क्रियाकलाप हो भन्न मुश्किल पर्दछ । उनीहरूको माग वा आन्दोलनमा कतिपय अवाञ्छित देशी वा विदेशीशक्तिहरूको घुसपैठले पनि काम गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यस प्रकारको आन्दोलनलाई पृथकतावादी शक्तिहरूले देशलाई टुक्राउनका लागि उपयोग गर्ने सम्भावना पनि रहनेछ ।’

यसैबीच गृहमन्त्री बामदेव गौतमले व्यवस्थापिका संसदमा बोल्ने क्रममा रौतहटको गौरमा समेत दक्षिण तर्फबाट मानिसहरु आएर सरकारी कार्यालयमा आक्रमण गर्न खोजेको बताएका छन् ।

यो पनि पढ्नुस् 

एसएसपीका छोराले धनगढीबाट फोन गरेर भनेः बुवा रहनुभएन, आमा !

टीकापुरसँगै तराईमा देखियो तनाव, कहाँ के भइरहेछ ?

दंगाग्रस्त क्षेत्रमा सेनाले के-के गर्छ ?

एसएसपीले भीडलाई सम्झाउन खोज्दा समातेर जलाइयो

टीकापुर झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु, ५० बढी घाइते

कैलाली दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन

टीकापुर घटनाबारे गृहमन्त्रीको जवाफ : सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरियो

कैलालीका प्रजिअ भन्छन्-२० हजार मानिस हतियार बोकेर आए

प्रहरीले फायर खोलेपछि हिंसात्मक झडप भएको हो : सभासद चौधरी

केपी ओलीले भने- प्रहरीमाथि आक्रमण गर्ने अपराधी हुन्

टीकापुर झडपमा कहाँ चुक्यो प्रहरी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment