+

भारतलाई हराउँदै नेपालले उपाधि जित्यो

२०७२ भदौ  १२ गते १५:३२ २०७२ भदौ १२ गते १५:३२
भारतलाई हराउँदै नेपालले उपाधि जित्यो

Tej-Tamang-Goal

१२ भदौ, काठमाडौं । नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

यससँगै नेपालले दुई दशक लामो उपाधिको खरेडी टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन ।

सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा गोल गरेको थियो ।

कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जनको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।

भिडियो 

तर, खेलको ८७ औं मिनेटमा भारतले पेनाल्टीमार्फत गोल फर्कायो । निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।

टाइब्रेकरमा नेपाली गोलरक्षक सोजित गुरुङले भारतका पहिलो पेनाल्टी नै रोकेका थियो । नेपाली सबै खेलाडीले गोल गरे । अन्तिममा अनन्त तामाङले गोल गर्दै नेपाललाई उपाधि दिलाए ।

Nepal-Vs-India-1

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय