+

वेलको गोलसँगै वेल्स युरो कप छनोट नजिक

२०७२ भदौ  १८ गते ९:०२ २०७२ भदौ १८ गते ९:०२
वेलको गोलसँगै वेल्स युरो कप छनोट नजिक

bale

१८ भदौ, काठमाडौं । वेल्स पहिलो पटक युरो कप फुटबलमा छनोट नजिक पुगेको छ ।

बिहीबार राति भएको खेलमा साइप्रसलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसको जितमा ग्यारेथ बलले ८२ औं मिनेटमा निर्णायक गोल गरे । छनोट चरणको सात खेलमा वेलको यो छैटौं गोल हो ।

साइप्रसमाथिको जितसँगै ७ खेलबाट १७ अंक जोडेको वेल्स समूह ‘बी’को शीर्ष स्थानमा छ । सन् १९५८ मा विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको वेल्सले त्यसपछि कुनै पनि ठूलो प्रतियोगिता खेल्न पाएको छैन ।

नेदरल्याण्ड शंकटमा
बिहीबार राति नै भएको अर्को खेलमा नेदरल्याण्ड भने आइसल्याण्डसँग १-० गोल अन्तरले पराजित भएको छ ।

यससँगै नेदरल्याण्डले युरो कप २०१६ का लागि सिधै छनोट हुने सम्भावना निकै कम भएको छ । नेदरल्याण्ड १० अंकसहित समूह एको तेस्रो स्थानमा छ ।

आइसल्याण्ड १८ अंकसहित शीर्ष स्थानमा चेक गणतन्त्र १६ अंकसहित दोस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय