क्वालालम्पुर । संविधानसभाबाट नयाँ संविधान जारी भएको खुशीयालीमा मलेसियामा रहेका नेपालीहरुले दीपावली मनाएका छन् । मलेसियामा रहेका तीन ठूला राजनैतिक दलका भातृ संगठनहरुले दीप प्रज्वन गरी दीपावली गर्दै संविधानको उत्सव मनाएका हुन् ।
नेपालीकांग्रेस जन सम्पर्क समिति, प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चले सयुक्त रुपमा होटल द ग्राण्ड कन्टिनेण्टलमा दीपावली गरी संविधानको उत्सव मनाएका हुन् ।
कार्यक्रममा वोल्दै मलेसियाका लागि नेपाली राजदुत डा. निरन्जनमान सिं वस्न्यातले वर्षौदेखि प्रतिक्षारत संविधान आज जारी भएको र मलेसियामा रहेका तीन ठुला दलहरुले एकै साथ एकै यो कार्यक्रम गरेर निकै उदाहरणीय कार्य गरेको वताए ।
कार्यक्रममावोल्दै नेपालीकांग्रेस जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले नेपालका राजनितिक दलहरु एकतावद्ध भएर संविधान जारी गरेको वताए ।
प्रवासी नेपालीमन्चकाअध्यक्ष राजेन्द्र भण्डारीले नेपालीहरुको चाहना वमोजिम संविधान आएकाले सवैको जीत भएको वताए ।
नेपाली जनप्रगतिशील मन्चका अध्यक्ष प्रेम पाण्डेले दशवर्षे जनयुद्ध र जनआन्दोलनवाट प्राप्त उपलब्धिहरुलाई संविधानसले संस्थागत गर्ने भएकाले सवैको जीत भएको दाबी गरे ।
क्वालालम्पुरमा रहेको द खुकुरी रेष्टुरेष्टमा आइतबार साँझ दीप प्रज्वलन गर्दै नयाँ संविधानको स्वागत गरिएको छ ।
प्रतिक्रिया 4