Comments Add Comment

बैंकर रविना बनिन् गोल्डेन फोनिक्सको सद्भावना दूत

Raveena Deshraj Shrestha 2

१२ असोज, काठमाडौं । मेगा बैंककी नायव महाप्रबन्धक रविना देशराज श्रेष्ठ एशियाकै प्रतिष्ठित गोल्डेन फोनिक्स अवार्डको सद्भावना दूत नियुक्त भएकी छन् । एशिया एक्सिलेन्स इन्टरप्रेनर फेडेरेसनले उनलाई सद्भावना दूत नियुक्त गरेको हो ।

मलेसियाबाट हरेक वर्ष एसियाका उत्कृष्ट उद्यमी तथा पेशाकर्मीलाई विभिन्न अवार्ड दिँदै आएको फेडेरेशनले श्रेष्ठलाई नेपालबाट पहिलो पटक सद्भावना दूत नियुक्त गरेको हो ।

उनले गत वर्ष मलेसियाबाट ‘२१औं शताब्दी गोल्डेन फोनिक्स’ र सिंगापुरबाट ‘लेडी अफ एक्सिलेन्स’ अवार्ड जितेकी थिइन् । अवार्ड पाएको एक वर्षमै सद्भावना दूत नियुक्त हुन पाउँदा निकै गर्व लागेको बैंकर श्रेष्ठ बताइन् ।

नेपालका प्रतिभावान व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन र अवार्डमा प्रतिस्पर्धाका लागि आफूले भूमिका खेल्ने उनको प्रतिवद्धता छ ।

फेडेरेशनले हङकङ, सिंगापुर, जापान, इन्डोनेशिया लगायतका देशमा पनि सद्भावना दूत नियुक्त गरेको छ । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट करिअर सुरु गरेकी श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक र नबिल बैंकमा समेत काम गरेकि छिन् ।

यसअघि पनि श्रेष्ठले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment