+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रीमती बेच्नेलाई ४४ वर्ष जेल

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १५ गते ७:३३

mahila hinsa१५ असोज, अछाम । जिल्ला अदालत अछामले श्रीमती बेच्नेलाई ४४ वर्ष जेल सजाय सुनाएको छ । अछामको ढाँकु गाविस ९ का ५६ वर्षका अमर विष्टलाई अदालतले जेल सजायका अतिरिक्त तीन लाख १० हजार जरिवानाको फैसलासमेत गरेको छ ।

अछामका जिल्ला न्यायाधीश हरिप्रसाद उपाध्याय शर्मा पंगेनीको इजलासले बुधबार सो फैसाला गरेको नयाँ पत्रिकामा खबर छ । उनले साइँली श्रीमतीलाई भारतमा लगेर बिक्री गरेका थिए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन ०६४ को कसुर ठहर गर्दै अदालतले सो सजाय सुनाएको अदालतका स्रेस्तेदार नेत्र माझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?