+
+
Shares

चीनसँगको नाका तत्काल खुल्दैन : अर्थमन्त्री महत

१७ असोज, विराटनगर । अर्थमन्त्री डा. रामशरण महतले अति आवश्यक सामाग्री नेपाल भित्राउन चीनसँगको नाका तत्कालै नखुल्ने बताएका छन् । भारतले अघोषित नाकावन्दी गरेपछि नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलिएसँगै चीनसँग जोडिएका नाका खोल्ने कुरा भइरहँदा अर्थमन्त्रीको यस्तो भनाइ आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १७ गते १२:५८

फाइल तस्वीर

  • फाइल तस्वीर

१७ असोज, विराटनगर । अर्थमन्त्री डा. रामशरण महतले अति आवश्यक सामाग्री नेपाल भित्राउन चीनसँगको नाका तत्कालै नखुल्ने बताएका छन् । भारतले अघोषित नाकावन्दी गरेपछि नेपालमा पेट्रोलियम पदार्थको अभाव चुलिएसँगै चीनसँग जोडिएका नाका खोल्ने कुरा भइरहँदा अर्थमन्त्रीको यस्तो भनाइ आएको हो ।

‘भूकम्पको कारण सडक संरचना विग्रिएको छ,’ विराटनगरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै महतले भने, ‘सडक संरचनाले पूर्णता पाउन अझै केही समय लाग्छ, यसले गर्दा तत्काल नाका खुल्ने अवस्था छैन ।’

महतले भौगोलिक अवस्था जटिल भएका कारण पनि चीनको नाका खोलिहाल्ने अवस्था नरहेको उनले प्रष्ट्याए ।

महतले नेपालसँग जोडिएका मुख्य नाकामा मधेसी मोर्चाले गरेको धर्नाले जनता भोकभोकै पर्ने भन्दै तत्काल वार्तामा आएर समस्याको निकास खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।

विराटनगरमै आयोजित एक अर्को कार्यक्रममा महतले संविधान जारी भएसँगै मुलुक आर्थिक विकासको चरणमा प्रवेश गरेको बताए । अब आर्थिक विकासबाट नै गरिबी निवारण हुने उनको भनाइ थियो ।

विराटनगरमा जारी जैन चतुर्मासमा आज जैन विश्व भारती संस्थानको नवौं दीक्षान्त समारोहमा अर्थमन्त्री महतले भने ,’अब हामी सँधै गरिब देशका नागरिकका रुपमा बस्न सक्ने अवस्था छैन । अबको यात्रा आर्थिक विकास नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?