+
+

भैँसीले जन्मायो अनौठो जीव : आधा गोही, आधा भैँसी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १९ गते १०:१६

Buffalow
थाइल्याण्डको विकट गाउँमा एउटा भैँसीले यस्तो पाडो जन्माएको छ जुन देख्दैमा अनौठो छ । उक्त पाडो पूरै पाडोजस्तो छैन । कताकता गोहीजस्तो देखिन्छ । जिउभरि कत्ला मात्र होइन, टाउको पनि गोहीकै जस्तो छ भने पछिल्ला खुट्टा पनि गोहीकै पुच्छर जस्तो गरि पछाडि फर्किएका छन् ।

थाइल्याण्डको पहाडि वांगहिन गाउामा यस्तो विचित्रको पाडो जन्मिएको स्थानीय एक अनलाइनलाई उधृत गर्दै बेलायतको मिरर अनलाइनले जनाएको छ ।

समाचार अनुसार उक्त पाडो जन्मिने बित्तिकै मरेको छ । तर यसले ठूलै आश्चर्य छाड्न सफल भयो । गाउँलेहरुले यस्तो पाडो जन्मिएपछि अब त्यो पाडो जन्माउने भैासीका मालिक तथा पूरै गाउामै सौभाग्य छाउने विश्वास गरेका छन् ।

उक्त अनौठो पाडोको तस्वीर फेसबुकमा अपलोड गरिएपछि त्यसले खुबै चर्चा पनि पाएको छ ।

ANIMAL

Strange-creature-baffles-people

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?