+
+

बैंकको भिड नियन्त्रण गर्न राजविराजमा प्रहरी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते ७:१९

२६ असोज, काठमाडौं । जिल्ला सदरमुकाम राजविराजस्थित बैंकहरुमा सोमवार बिहानैदेखि पैसा निकाल्नेको भिड लाग्यो । भिड नियन्त्रण र ब्यवस्थापन गर्न प्रहरी नै परिचालन गरिएको छ ।

Bank-Officeसंयुक्त मधेसी मोर्चाले आहृवान गरेको अनिश्चतकालिन आमहड्तालका कारण विगत ५९ दिनदेखि सप्तरीका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु ठप्प हुँदा सर्वसाधारणले पैसा झिक्न नपाई दैनिकी कष्टकर बन्दै गएपछि मधेसी मोर्चा सप्तरीले ५ दिनका लागि बैंकमा कारोबार गर्न दिने र अवरोध नगर्ने निर्णय गरेपछि सर्वसाधारणको बैंकमा घुइँचो लागेको राजधानी दैनिकमा खबर छ ।

पाँच दिनका लागि मात्र बैंक खुल्ने खबर फैलिएपछि सोमबार विहानैदेखि राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक लगायतका वित्तीय संस्थाहरुमा सर्वसाधारणको ठूलो भिड जम्मा भएको थियो ।

चाडपर्व नजिकिएको र लामो समयदेखि बैंक ठप्प हुँदा सर्वसाधारणलाई निकै समस्या परेको गुनासो आएपछि मानविय आधारमा सोमवारदेखि शुक्रबारसम्म जम्मा पाँच दिनका लागि बैंक खुल्न दिएको मोर्चा सप्तरीका सूचना तथा सञ्चार समिति संयोजक अमरनाथ मण्डलले बताए । बन्दका अन्य सबै कार्यक्रम भने जारी नै रहने उनले बताए ।

यता, बैंकमा करिब ३ घण्टा लाइन बसेर चेक साट्न पाउँदा ठूलै युद्ध जितेको महशुस भएको राजविराज निवासी विद्यानन्द रामले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?