+
+

पेट्रोल नपाएपछि सिडियाे सा’ब साइकलमा सरर

३० असोज, दाङ । दाङमा पेट्रोलियम पदार्थको चरम अभाव भैरहेको बेला दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले साइकलमा यात्रा सुरु गरेका छन् । अञ्चल प्रहरी कार्यालय राप्तीले शनिबार तुलसीपुरमा आयोजना गरेको ६० औँ प्रहरी दिवसमा जाने क्रममा तुलसिपुरको घोराही चोकदेखि प्रहरी कार्यालय सम्म साईकल यात्रा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते १९:२४

Lokendra-Poudel

निमुसंगम घर्ती
३० असोज, दाङ । दाङमा पेट्रोलियम पदार्थको चरम अभाव भैरहेको बेला दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले साइकलमा यात्रा सुरु गरेका छन् । अञ्चल प्रहरी कार्यालय राप्तीले शनिबार तुलसीपुरमा आयोजना गरेको ६० औँ प्रहरी दिवसमा जाने क्रममा तुलसिपुरको घोराही चोकदेखि प्रहरी कार्यालय सम्म साईकल यात्रा गरेका हुन् ।

त्यसअघि घोराहीबाट तुलसिपुर सम्म प्रमुख जिल्ला अधिकारी पौड्याल र उनका अंग रक्षक सार्वजनिक बसमा यात्रा गरेका थिए । पेट्रोलिय पदार्थको चरम अभाब भएको बेला संकट सँग जुध्न सार्वजनिक बस र साईकलको यात्रा गरेको उनले बताए ।

सकेसम्म पेट्रोलियम पदार्थको कम खपत गरी कम खर्चिलो हुने साधनहरु प्रयोग गर्न उनले सबैलाई आग्रह समेत गरे । छोटो दुरीमा साइकल यात्रा गर्दा स्वास्थ्यका लागि पनि फाईदा हुने र तेलको पनि बचत गरी संकटसँग जुध्न सबैलाई अनुरोध समेत गरे ।

प्रमुख जिल्ला अधिकारीले आफ्नो कार्यालयको गाडी छोडेर सार्वजनिक बस र साईकलमा यात्रा गर्दा सबैले स्वागत गरेका छन् । प्रहरी दिवसका कार्यक्रममा नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीले प्रमुख जिल्ला अधिकारीले थालेको अभियानको स्वागत गरे । संकटसँग जुध्न र कम खर्चिलो तरिकाले यात्रा गर्न उनले पनि सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?