+
+

शनिबारका टप १० समाचारःजुवा बोक्ने प्रधानमन्त्री प्रस्तावदेखि डोल्पाका ‘देशद्रोही’सम्म

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते २३:४५

आज शुनिबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

 १. प्रधानमन्त्रीले कोइरालालाई भने-जुवाको एउटा पारी म बोक्छु, अर्को पारी तपाई बोक्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हात्ती, घोडा जे चाहिन्छ लिएर’ सरकारमा आउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । कांग्रेस र एमालेको प्रतिस्पर्धा मुलुकले धान्न गाह्रो हुने उनले बताए ।

२. नेपाली युवतीका साथमा यत्रो हतियार !

Mankumari-Cnongbang

तस्वीरमा देखिएकी युवती ताप्लेजुङको सान्थाक्रा निवासी ३३ वर्षीया मनकुमारी चोङबाङ हुन् । पक्राउ परेकी युवतीका साथबाट बरामद गरिएका केही झण्डा र कागजातसमेत प्रहरीले शनिबार सार्वजनिक गरेको छ । पक्राउ परेकी मनकुमारी कथित ‘हाराहाङ समूह’की सदस्य रहेको खुलेको छ ।

३. बहस : तपाईलाई मन्त्री किन बनाउने नेताज्यू ?

प्रधानमन्त्री केपी ओलीले अग्नि खरेललाई कानूनमन्त्री बनाएपछि झापा क्षेत्र नं-६ का सांसद दीपक कार्कीले आफ्ना कार्यकर्ता मार्फत गुटबन्दी सुरु गरे । आफूलाई मन्त्री बनाउनुपर्नेमा खरेललाई बनाइएको भन्दै कार्कीले ओलीप्रति असन्तुष्टि जनाइरहेकै छन् ।

४. प्रधानमन्त्रीको एकसाता : नाकाबन्दी खुलेन, सरकारले पूर्णता पाएन

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको एकहप्ता बितेको छ । यसवीचमा न सरकारले पूर्णता पाउन सक्यो, न त नाकाबन्दी र हडतालको सास्तीबाट जनताले छुटकारा पाउने स्पष्ट संकेत देखियो ।

५. प्रधानमन्त्री ओलीले जमिन्दारी भाषा प्रयोग गरे : मधेसी मोर्चा

सरकारले वार्ताको आहृवान गर्दै पत्र पठाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले त्यसको जवाफ दिने तयारी गरेको छ । तर, मधेसी मोर्चाका नेताहरुले वार्ताको आहृवान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्रको भाषाप्रति भने असन्तुष्टि जनाएका छन् ।

६. डोल्पाका देशद्रोहीराजीमानलाई कारबाही गर् सर्खार !

नयाँ बानेश्वरमा थिएँ म । केहीबेरमा राष्ट्रपतिले संविधान जारी गर्नै लागेका थिए । संविधानसभा भवनअघि सेल्फी खिच्नेको भीड थियो । बिदा भएर हो वा बन्द ? बाटोमा गाडी चल्या थिएनन् । भक्तपुर लोकन्थलीको कोठाबाट हिँड्दैहिँड्दै बानेश्वर आइपुगेको थिएँ ।

७. प्रचण्डले बाबुरामलाई फर्काअाैं भन्नुभएको छ

डा. बाबुराम भट्टराई पक्षधर भनेर चिनिने एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले महासचिव कृष्णबहादुर महरालाई सभामुख बनाएको भए राम्रो हुने बताएका छन् । अब पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने जिम्मा टोपबहादुर रायमाझीलाई दिनु उपयुक्त हुने पौडेलले प्रतिक्रिया दिएका छन् ।

८. ओलीको सरकारले राष्ट्रपति चुनावपछि मात्र पूर्णता पाउने

राष्ट्रपति र उपराष्ट्रपति चुनावअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । यसबीचमा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बिस्तार भने गर्नेछन् ।राष्ट्रपति उपराष्ट्रपतिको चुनाव कात्तिक १० गतेभित्र हुनेछ । यसबीचमा मन्त्रालय बाँडफाँड र न्युनतम साझा कार्यक्रम तय गर्न छलफल शुरु भएको श्रेष्ठले बताए ।

 

 

९. पेट्रोल नपाएपछि सिडियो सा’ब साइकलमा सरर

दाङमा पेट्रोलियम पदार्थको चरम अभाव भैरहेको बेला दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले साइकलमा यात्रा सुरु गरेका छन् । अञ्चल प्रहरी कार्यालय राप्तीले शनिबार तुलसीपुरमा आयोजना गरेको ६० औँ प्रहरी दिवसमा जाने क्रममा तुलसिपुरको घोराही चोकदेखि प्रहरी कार्यालय सम्म साईकल यात्रा गरेका हुन् ।

१०. थ्रीस्टार बन्यो राष्ट्रिय लिग च्याम्पियन, एक करोड जित्यो

चिरप्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै थ्रीस्टारले राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ ।उपाधिसँगै थ्रीस्टारले एक करोड जितेको छ भने मनाङ तेस्रो भएको छ र उसले २५ लाखमा चित्त बुझाएको छ ।

र, यो पनि

अमेरिकी सेनाकी पूर्व अधिकृत भन्छिन् : मलाई चन्द्रमामा लगेर बलात्कार गरियो

पत्याउनुस् नपत्याउनुस् आफ्नो खुसी । पत्याउनै पर्छ भन्ने छैन र तत्कालै पत्याइहाल्नका लागि कुनै प्रमाण पनि छैन । तर एकजना ठूलै मान्छेले यस्तो दाबी गरेपछि विश्वास मान्नैपर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?