+
+

गजल-जवानी यो लुटाउने विचार छ

कसैलाई जवानी यो लुटाउने बिचार छ
उस्कै सामु मदानी पो फुटाउने बिचार छ

प्यूनू भन्दा पिलाएर बाँच्नू मजा कहाँ कहाँ
बन्धनको झिनो डोरी चुटाउने बिचार छ

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १०:२५

Som-Niraulaसोम निराैला

कसैलाई जवानी यो लुटाउने बिचार छ
उस्कै सामु मदानी पो फुटाउने बिचार छ ।

प्यूनू भन्दा पिलाएर बाँच्नू मजा कहाँ कहाँ
बन्धनको झिनो डोरी चुटाउने बिचार छ ।

म छु वारि उनी पारि बाटो भरी दरार छ
चौघेराको निलो काँडा ढुटाउने बिचार छ ।

यौटा फूल भए पुग्छ फूलबारी सजाउन
फूल छेक्ने बुटो देखे ठुटाउने बिचार छ ।

याद दुख्ने तरेलीमा कल्पनाको वगान छ
छड्के आँखा लगाएमा कुटाउने बिचार छ ।

छन्द – अनुष्टुप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?