+
+

अोलीले बोलाएको बैठकमा राष्ट्रपतिको कुरो मिलेन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १६:३०

८ कात्तिक, काठमाडाैं । नयाँ राष्ट्रपतिका लागि सहमति जुटाउने उदेश्यले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी अोलीले अाइतबार बोलाएको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

sarbadaliya-baithik2कांग्रेस र एमाले दुबैले राष्ट्रपतिमा दाबी गरेपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । दुबै दलले  आ-आफ्नाे तफबाट उम्मेदवारी दिने अडान राखेका थिए ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भएको बैठकमा सहमतिका आधारमा राष्ट्रपतिको चयन हुन थप समय दिने वा प्रक्रियामा अघि बढ्ने भन्नेमासमेत नेताहरुबीच एकमत हुन सकेन ।

संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति चयनका लागि आजसम्मको समय निर्धारण गरेको छ भने सहमति नभएमा यही कात्तिक ११ गते निर्वाचन हुने कार्यक्रम छ ।

कात्तिक ७ गते शनिबार बसेको संसदको बैठले नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?