News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले सातै प्रदेशका लागि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान स्थल र केन्द्र तोकेको छ।
- प्रदेश सरकारको राजधानी भएका जिल्लामा मतदान केन्द्र तथा स्थल तय गरिएको छ।
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु मतदाता हुन्छन्।
२ पुस, काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । बुधबार आयोगले सातै प्रदेशका लागि मतदान स्थल तथा केन्द्रको टुंगो लगाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारको राजधानी भएका जिल्लामा मतदान केन्द्र तथा स्थल तय गरिएको छ ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत मतदाता हुन्छन् ।
यस्तो छ मतदान स्थल
कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ
मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा
बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुर
गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की
लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ
कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत
सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली
प्रतिक्रिया 4