+
+
Shares

पुस दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:३५
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको उनले बताए ।

अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताए । उनले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताए ।

करिब १० दिनसम्मका लागि बिजनेस भए पनि अरू बिजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले भने, ‘पुस १२ गते बैठक बोलाउँछु । जसरी पनि त्यो काम पूरा गर भनेर ठेकदारलाई भनिएको छ । मलाई लाग्छ–१०, १२ गतेसम्म हल तयार हुन्छ । अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग गएर कुरा गरेर सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन । अब के होला त्यो कार्यान्वयनमा जाला ? तर बैठक चाहिँ हामी १०/१२ गतेतिर बस्छौँ । तर सरकारसँग बिजनेस केही पनि छैन ।’

उनले अगाडि भने, ‘हामीसँग २/३ वटा विधेयक छन् । कि अब हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरू छन् । मन्त्री बोलाउने, छलफल गर्ने, बस्ने एउटा कुरा हो । तर त्यति धैरै बिजनेसहरू छैन ।’

अध्यक्ष दाहालले राष्ट्रिय सभालाई चलाउनका लागि बिजनेसको अभाव हुने अवस्था रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?