+
+

लक्ष्मीप्रसाद देवकोटाको आज एक सय सातौं जन्मजयन्ती

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २५ गते ८:१९

२५ कात्तिक, काठमाडौं । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज एक सय सातौ जन्मजयन्ती मनाइँदै छ ।

Laxmi-Prasad-Devkotaदेवकोटाको वि.सं. १९६६ को कात्तिक कृष्ण औंशी अर्थात आजकै दिन जन्म भएको हो । लक्ष्मी पूजाका दिन जन्मिएकाले नै देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको थियो ।

यस अवसरमा विभिन्न साहित्यिक संस्थाले विविध कार्यक्रम आयोजना गरी देवकोटा जयन्ती मनाउने गर्दछन् ।

कविताद्वारा देवकोटाको सम्झना

नेपाल प्रज्ञा-प्रतिष्ठान पद्य विभागले मंगलबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय सातौं जन्मजयन्तीका अवसरमा ‘नेपाली राष्ट्रिय चिन्तनको विकास क्रममा देवकोटाको योगदान’ विषयक विचार गोष्ठी तथा कविता वाचन कार्यक्रम सञ्चालन गरेको थियो ।

सो अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले देवकोटाको साहित्यमा राष्ट्रिय चिन्तनको भावना रहेको बबताए ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले नेपाली कविमा राष्ट्रियताको भावना जागेको बताए ।

सो अवसरमा महाकवि देवकोटाले लेखेका कविता पनि वाचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?