+
+

आठ लडाकूले गराए पेरिस आक्रमण, आईएसले जिम्मा लियो

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २८ गते १७:५४

Paris10

२८ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट आईएसले लिएको छ ।

शुक्रबार राति पेरिसमा भएको आक्रमणमा १२८ जनाको मृत्यु भएको छ । यसलाई विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

आईएसले फ्रान्सेली र अरविक भाषामा लिखित र अडियोमार्फत जारी गरेको वक्तव्यमा पेरिस आक्रमण आफूले गराएको दाबी गरिएको छ । फ्रान्सको राजधानीको मुटुमा भएको आक्रमणमा विस्फोटक कपडा र आठ लडाकू प्रयोग भएको समेत उसले बताएको छ ।

आईएसले पेरिसलाई घृणा र विकृतिको राजधानीको संज्ञा समेत दिएको छ । फ्रान्सेली अधिकारीहरुका अनुसार आठ आक्रमणकारी मारिएका छन्, जसमा सात आत्मघाती आक्रमणकारी थिए ।

फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा ओलान्डले पेरिस आक्रमणलाई इस्लामिक स्टेटको युद्धको घोषणाको संज्ञा दिएका छन्  । र चरमपन्थीसँग निर्ममतापूर्वक लड्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?