+
+
Shares

किन भएन सिंहदरबारमा सोलार जडान ?

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य गर्न हावाबाट बिजुली निकाल्ने कुरा गरेका छन् । तर, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बनेको यो योजना पूरा हुनेमा अधिकांश नागरिक विश्वस्त छैनन् ।
किनभने सिंहदरबारभित्र बनेका योजना ‘चिया गफ’मै सीमित बनेका धेरै उदाहरण नागरिकसँग छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १४ गते ११:१४

Solar

रविन्द्र घिमिरे

१४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ अन्त्य गर्न हावाबाट बिजुली निकाल्ने कुरा गरेका छन् । तर, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बनेको यो योजना पूरा हुनेमा अधिकांश नागरिक विश्वस्त छैनन् ।
किनभने सिंहदरबारभित्र बनेका योजना ‘चिया गफ’मै सीमित बनेका धेरै उदाहरण नागरिकसँग छ ।

झण्डै ५ वर्ष अघि अर्थात ०६७ सालमा सिंहदरबारभित्रै सोलार प्यानल राखेर ५ मेगावाट सौर्य विद्युत उत्पादन गर्ने निर्णय कार्यान्वयन नभएको कारण ‘हावाको बिजुली हावामै’ भन्नेहरुलाई बल पुगेको छ ।

देशको शासन सञ्चालनको केन्द्र सिंहदरबारलाई सोलार विद्युतबाट लोडसेडिङ मुक्त गराउने सरकारी योजना अहिले अलपत्र छ । सरकारले सिंहदरबार भित्रका भवनका छत-छतमा सौर्यपाता राखेर बिजुली निकाल्ने योजना बनाएको थियो ।

यस्तो छ सोलार योजना

सिंहदरबारभित्र अहिले झण्डै १ मेगावाट भन्दा बढी बिजुली खपत हुँदै आएको छ । सौर्य उर्जाबाट निस्किएको विद्युत् बढी भएमा राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने भनिएको थियो ।

सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्न प्रतिमेगावाट झण्डै २२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

तत्कालीन सरकारले बनाएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनामा सिंहदरबारसहित अस्पताल, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, हनुमानढोका क्षेत्र, पशुपति विकास क्षेत्रमा सौर्य ऊर्जा प्रणालीबाट विद्युत् आपूर्ति गर्ने योजना बनाएको थियो ।

भूकम्पका कारण सिंहदरबार भित्रकै धेरै घर काम नलाग्ने गरी क्षतिग्रस्त भएपछि अब १ मेगावाट सौर्य बिजुली निकाल्न पनि अप्ठेरो पर्ने निश्कर्षमा उर्जा मन्त्रालयका अधिकारी नै पुगेका छन् । तर, उनीहरु यस विषयमा औपचारिक रुपमा मुख खोल्न चाहँदैनन् ।

तत्कालीन सरकारले बनाएको लोडसेडिङ न्यूनीकरण कार्ययोजनाअनुसार सिंहदरबारमा सौर्यऊर्जा प्रणाली जडान गर्न लागिएको थियो । सिंहदरबारभित्र आपूर्ति भइरहेको बिजुली अन्यत्र वितरण गर्दा लोडसेडिङ कम गर्न सकिने सरकारी विश्वास थियो ।

दोष चिनियाँ कम्पनीलाई

जिम्मेवार सरकारी अधिकारी भने निर्णय कार्यान्वयन हुन नसक्नुको जस आफू लिँदैनन् । सोलार बिजुली निकाल्ने सपना अधुरो हुनुमा अध्ययन गर्न जिम्मा लिएका चिनियाँ अधिकारीलाई दोष दिन्छ, सिंहदरबार ।

उर्जा मन्त्रालयका सहकायक प्रवक्ता गोर्कण पन्थ भन्छन्-‘सिंहदरबारमा सोलार राख्नेबारेको अध्ययन अझै सकिएको छैन । अध्ययन गर्दा गर्दै भूकम्प आएपछि फर्किएको चिनियाँ टोली फर्किएरै आउन ढिलाइ भयो । त्यही कारण सोचेकै समयमा सोलारबाट सिंहदरबार उज्यालो पार्न सकिएन ।’

चीन सरकारको सहयोगमा सिंहदरबारभित्र जडान गरिने सौर्य ऊर्जा प्रणालीबारे सर्वेक्षण गर्न ०७० को माघदेखि एक चिनियाँ टोलीले काम सुरु गरेको थियो । सिंहदरबारभित्र सौर्य प्रणालीबाट विद्युत् आपूर्तिको पनि अध्ययन भएको थियो ।

चिनियाँ टोलीले पहिलो चरणमा गरेको अध्ययनले मुस्किलले सिंहदबरबारभित्रबाट १ मेगावाट बिजुली निकाल्न सकिने निश्कर्ष निकाल्यो ।

सिंहदरबारको दक्षिणी भेगका अधिकांश भवनमा जस्तापाता भएकाले त्यहाँ सौर्य पाता राख्न नसकिने भन्दै चिनियाँ टोलीले सरकारले भनेअनुप सौर्य बिजुली निकाल्न अप्ठेरो पर्ने बतायो ।

त्यतिबेला उर्जा मन्त्रालयले सिंहदरबारसँगै त्यस आसपास रहेका सबै सरकारी भवनमा सोलार प्यानल राख्न सकिने जनाउ दियो । त्यसपछि चिनियाँ टोलीले कुन-कुन घरमा सौर्य पता राख्न सकिन्छ भनेर अध्ययन सुरु गरेको थियो । त्यसको केही दिनमै बैशाख १२ को भूकम्प गयो ।

चिनियाँ टोली त्यसपछि ८ महिनासम्म फर्किएर आएन् । चिनियाँ टोलीलाई छिटो फर्काएर काममा लगाउने विषयमा सरकारले कुनै काम पनि गरेन । चिनियाँ दुताबासको पहलमा एकहप्ता अघि मात्र फेरि चिनियाँ टोली नेपाल फर्किएको छ । अब फेरि टोलीले सिंहदरबारमा कुन-कुन घरमा सौर्य पाता राख्न सकिन्छ भनेर अध्ययन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?