Comments Add Comment

चौधरी समूहका संस्थापक लुनकरणदासको निधन

२१ माघ, काठमाडौं । डलर अर्बपति विनोद चौधरीका बुवा लुनकरणदास चौधरीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा दिउँसो निधन भएको हो ।

LunkaranDash Chaudharyचौधरी समूहका संस्थापक लुनकरणदास लामो समयदेखि मुट र मधुमेहका रोगी थिए । उनको नर्भिकमा उपचार भइरहेको थियो । उनका तीन छोरा र एक छोरी छन् ।

लुनकरणदास वि.सं. १९७९ वैशाखमा काठमाडौंको इन्द्रचोकमा भएको थियो । उनी पिता स्व. भुरामल चौधरी र माता स्व. सरस्वतीदेविको पहिलो सन्तान हुन् ।

नेपालको औद्योगिक तथा व्यवसायीक विकासमा लुनकरणदासको अतुलनिय योगदान रहेको छ । उनले स्थापित गरेको चौधरी समूह अहिले मुलुकै ठूलो व्यवसायीक घरना र अर्बपति क्लबमा समावेश छ ।

लुनकरणदासका पिता भुरामल चौधरी भारतको राजस्थानस्थित सिकर जिल्लाको अजितगढ चुडी भन्ने गाउँबाट बिजनेश गर्न काठमाडौं आएका थिए । कपडाको पुस्तौनी व्यापार भएकाले भुरामलले काठमाडौंमा पनि कपडाको व्यापारलाई निरन्तरता दिएका थिए ।

पिताको त्यही कपडाको व्यापारलाई निरन्तरता दिँदै लुनकरणदास औद्योगिक क्षेत्रमा प्रवेश गरेका थिए । अहिले उनका तीन छोराहरु विनोद चौधरी, बसन्त चौधरी र अरुण चौधरीले उद्योग व्यवसाय सम्हालिरहेका छन् ।

आफ्नो पितासँगै जुद्ध शमशेरको दरबारमा गएर कपडा बेच्ने लुनकरणदासले विस्तारै आफ्नो व्यापार व्यवसायलाई बढाउँदै लगेका हुन् । उनले विस १९९५ सालमा स्व. गंगादेवी चौधरीका साथ भारतको वेतियामा विवाह गरेका थिए ।

पिताको निधनपछि लुनकरणदासले ‘भुरामल-लुनकरण’को नामबाट आफ्नो एकल व्यापार सुरु गरे । यसरी सामान्य स्तरमा सुरुवात गरिएको व्यवसाय आज केवल बन्द व्यापारमा मात्र सिमित नभई अन्तर्राष्ट्रिय स्तरको औद्योगिक घरनामा परिणत गर्न लुनकरणदासको ठूलो भूमिका छ ।

लुनकरणदासले नेपालमै पहिलो पटक २०१२ सालमा वीरगञ्जमा नेपाल स्पीनिङ, विभिङ एन्ड निटिङ इन्डष्ट्रीज, रत्न स्टेनलेस स्टिल, मोर्डन होजियरी नामक उद्योगहरु सञ्चालन गरे । उनले २०२८ सालमा श्री पशुपति विस्कुट उद्योग स्थापना गरे । जुन निकै चर्चित पनि बन्यो ।

उनले २०१८ सालमा भारत तथा तेस्रो मुलुकबाटफ्लोरिङ एन्ड फर्निसिङ नेपालमा भित्राई व्यवसाय सुरु गरे । त्यसपछि २०२५ सालमा काठमाडौंमा अत्याधुनिक डिपार्टमेन्टल आर्केड ‘अरुण इम्पोरियम’ खोले । त्यहाँ विदेशमा गएर सपिङ गर्ने भारतीयहरुको समेत भिड लाग्थ्यो ।

लुनकरणदासले व्यापारलाई विविधिकरण गर्न युनाइटेड विल्डर्स प्रालि नामक निर्माण कम्पनी संस्थागत रुपमा खडा गरी निर्माणका कामहरु सुरु गरेका थिए । युनाइटेड विल्डर्सले निर्माण गरेका केही प्रतिस्ठित कार्यहरुमा होटल सोल्टी, जनकपुर चुरोट कारखाना, काठमाडौं-नुवाकोट राजमार्ग हुन् ।

लुनकरणदास सामाजिक भावनाका व्यक्ती थिए । त्यहीकारण स्वास्थ्य, शिक्ष, साहित्य र खेलकुदको विकासमा टेवा पुर्‍याउन विभिन्न संघ संस्थाहरुको स्थापना गरे ।

उनले २०५२ सलामा सुनसरीको दुहवीमा लुनकरणदास-गंगादेवी चौधरी च्यारिटी हस्पिटल स्थापना गरे । उनले हस्पिटल मात्र खोलेनन्, उक्त हस्पिटल सञ्चालनको अभिभारा समेत बहन गर्दै आए ।

मारवाडी सेवा समितिको स्थापना

लुनकरणदासले ‘मानिसलाई मानिसले सहयोग गरेनन भने कस्ले गर्छ ?’ भन्ने भावनाबाट प्रेरित भएर २०१० माघ महिनामा मारवाडी सेवा समिति स्थापना गरे । समिति गठन गर्न ९ जना मारवाडीको साथ थियो ।

चेम्बरको स्थापना

नेपाल चेम्बर अफ कमर्शको स्थापनामा लुनकरणदासको ठूलो योगदान रहेको छ । त्यतिबेला लुनकरणदाससहित समान विचार राख्ने केही समकालिन मित्रहरुको सक्रियतामा चेम्बरको स्थापना गरिएको थियो । संस्थालाई जन्माउने, हुर्काउने काममा लुनकरणदास दत्तचित्त भएर लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment