+
+

यो हो दुनियाँको सबैभन्दा ठूलो पानी जहाज, यस्तो छ नालीबेली (फोटो फिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत ४ गते ११:०६

दुनियाको सबैभन्दा ठूलो यात्रुबाहक पानीजहाजले आफ्नो यात्रा सफलता पूर्वक सुरु गरेको छ । परीक्षणका क्रममा सुरुको तिन दिनमै यसले समुद्रमा १ हजार नटिकल माइल दूरी पार गरेको छ ।

हार्मोनी अफ दी सिज नामको उक्त पानीजहाज यति भिमकाय छ की यसको लम्बाइ प|mान्सको इफेल टावरको उचाइ भन्दा १६५ फिट बढि छ ।

१ लाख २० हजार टन वजनको यो पानीजहाजको कुल लम्बाइ ११ सय ८८ फिट छ । कुल २७ सय ४७ वटा कोठा भएको यो पानीजहाज यति भिमकाय छ की यात्रीहरुले आफ्नो कोठा खोज्नका लागि जिपिएस प्रविधिकै प्रयोग गर्नुपर्छ ।

यो पानी जहाजले एकैपटकमा ६ हजार ४१० जना यात्रु बोक्न सक्छ भने ४० किलोमिटर प्रतिघण्टाको गतिले समुद्रमा हुइँकिन्छ । यो जहाज संचालनका लागि २१ सय जना त कर्मचारी नै खटिएका हुन्छन् ।

१८ तलेे यो जहाजले अमेरिकाको न्युयोर्कको सेन्ट्रल पार्ककै प्रतिरुपलाई आफुमा समाहित गरेको छ । यसमा १० हजार ५८२ वटा स साना वनस्तपती तथा ५२ वटा २० फिट अग्ला रुख समेत उमारिएको छ ।

अमेरिकी पानी जहाज निर्माता कम्पनी रोयल क्यारेबियन कम्पनीले फ्रान्सको सेन्ट नजाएरमा बनेको यो जहाजलाई गत मार्च १० मा समुद्रमा धकेलेर यात्रा सुरु गराइएको हो । यो जहाजको सुरुवाती समुद्री यात्रामा ५ सय जना यात्रु थिए । जसमा अधिकांस जहाजका कर्मचारी तथा इन्जिनियरहरु थिए ।

यो जहाजभित्र १६ वटा रेष्टुरेन्ट, क्याफे तथा सपिंग रहेका छन् । त्यस्तै विभिन्न सांगितिक प्रस्तुती हुने १३८० सिट क्षमताको नाट्यशाला पनि रहेको छ । त्यस्तै यो जहाजभित्र रोबोटले ककटेल सर्भ गर्ने बारहरु पनि रहेका छन् ।

ship4झण्डै १ खर्ब २३ अर्ब बराबरको लागतमा बनेको यो  जहाजलाई तिनजना तालिमप्राप्त पाइलटले चलाउनेछन् । यसमा यात्रा गर्नु चानचुने कुरा हुनेछैन । यसमा यस्ता भिआइपी कोठाहरु पनि रहेका छन् की जसमा एक हप्ता बसेर यात्रा गर्दा यात्रुले एक हप्ताको ७ हजार ५ सय २५ पाउण्ड अर्थात् झण्डै साढे ११ लाख रुपैयाँ तिर्नुपर्नेछ ।

यो जहाजको निर्माण कार्य सन् २०१३ मा सुरु भएको थियो । यो जहाज कम्पनीले यसअघि यस्तै भिमकाय जहाजह ओसिस अफ दी सिज र एल्यूर अफ दी सिज निर्माण गरिसकेको छ ।

दुनियाको सबैभन्दा ठूलो यो जहाजले अब अप्रिलमा दोश्रो परीक्षण गर्नेछ र मे महिनाबाट यसले औपचारिक रुपमा आफ्नो समुद्री यात्रा सुरु गर्नेछ ।

ship2 ship3 ship5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?