+
+
Shares

अमेरिकामा मृत्यु भएका रुसेलको शव नेपाल पठाउन रकम संकलन

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १० गते १७:२६

अमेरिका । अमेरिकाको टेक्सासमा कार दुर्घटनामा मृत्यु भएका नेपाली युवा रुसेल श्रेष्ठको शव नेपाल ल्याउनका नेपालीहरुले रकम संकलन गरेका छन् ।

rushal-shresthaनेपाली समाज टेक्सासले रुसेल श्रेष्ठको शव नेपाल ल्याउन तथा परिवारलाई आर्थिक सहयोग गर्नका लागि सोमबार अपील गरेको थियो । जस अनुसार अनलाइन गो फण्डबाट २६ हजार डलर र सोमबार आयोजित शोकसभामा ४ हजार ७ सय डलर संकलन भएको नेपाली समाज टेक्सासका महासचिव कमल सत्यालले जानकारी दिए ।

शव पठाउनका लागि सुरु गरिएको अभियानमा ठूलो रकम संकलन भए उनको बहिनीको शिक्षाका लागि सहयोग उपलब्ध गराउने समाजले जनाएको छ ।

शनिबार स्थानीय समयअनुसार राति सााढे १० बजेतिर साथीलाई काममा छोड्न निस्केका रुसेल सडक दुर्घटनामा परेका थिए । घाइते अवस्थामा उद्धार गरिएका उनको अस्पताल लगिएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

उनी सात महिनाअघि मात्र उच्च अध्ययनका लागि अमेरिकाको टेक्सास पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?