+
+

जान्नुहोस्, दिनमा कति दुध पिउनु राम्रो

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १९ गते ११:०२

milk

क्याल्सियम सरीरलाई धेरै आवश्यक पर्ने लवणमध्ये एक हो । यस्तोमा दुध क्याल्सियमको सबैभन्दा राम्रो श्रोतको रुपमा रहेको छ । तर कोही मानिस जिउ मोटाउने डरका कारण दुध नै पिउँदैनन् ।

१ गिलास दुधमा ३ सय मिलिग्रामसम्म क्याल्सियम पाइन्छ जसले व्यक्तिलाई दैनिक आवश्यक पर्ने क्याल्सियमको केही मात्रा पूरा गरिदिन सक्दछ । क्याल्सियम मात्र होइन दुधमा मानव सरीरलाई चाहिने प्रायः सबै खाले पोषक तत्व पाइन्छ ।

अमेरिकाको कृषि विभागका अनुसार ९ वर्षसम्मको बच्चा तथा वयस्क मानिसहरुले हरेक दिन ३ गिलास सम्म दुध पिउनु आवश्यक हुन्छ ।

१ गिलास भनेको अढाई सय मिलिलिटर जत्ति हुन्छ । यस हिसाबले दिनमा साढे ७ सय मिलिलिटर दुध पिउनु आवश्यक हुन्छ । दिनहुँ तिन चार गिलास दुध पिउनाले मानिसलाई आवश्यक पर्ने क्याल्सियमको मात्रा पर्याप्त रुपमा पुग्दछ  ।

१ गिलास दुध पिउनाले एक दिनमा सरीरलाई आवश्यक पर्ने कुल क्याल्सियमको ३० प्रतिशत सम्म मात्रा प्राप्त हुन्छ । साथै यसमा २५ प्रतिशत सम्म भिटामिन डी, २४ प्रतिशत सम्म भिटामिन बी, २० प्रतिशत फस्फोरस तथा ११ प्रतिशत पोटासियम समेत प्राप्त हुन्छ ।

गाइको दुधमा भन्दा भैँसीको दुधमा बढि क्यालोरी पाइन्छ । भैँसीको एक गिलास दुधमा अढाइ सय जति क्यालोरी पाइन्छ भने गाइको एक गिलास दुधमा डेढ सय क्यालोरी उर्जा पाइन्छ ।

बिहान ब्रेकफाष्ट सँग, दिउसो काम गरिसकेपछि र रातमा सुत्नुभन्दा पहिलो दुध पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?