Comments Add Comment

कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

Ser bahadur Dauba (2)

२४ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले अब कांग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन भएको थियो । जसमा पार्टी नेता रामचन्द्र पौडेललाई ७२ मतले पराजित गर्दै देउवा दलको नेता निर्वाचित भएका हुन् ।

एक महिना अगाडी भएको १३ औं महाधिवेशनमा पनि पौडेललाई नै पराजित गर्दै देउवा सभापति बनेका थिए ।

बुधबारको निर्वाचनमा कुल २०६ मत खसेको थियो । जसमा देउवाले १३९ मत पाएका छन् भने पौडेलले ६७ मत मात्र पाएका छन् । विरामी भएका कारण नरहरि अचार्य भने मतदानमा सहभागी हुन सकेनन् । अर्का नेता डा. रामशरण महतले भने स्वकीय सचिवमार्फत मत दिएका छन् ।

पार्टी महाधिवेशनमा छुट्टै प्यानल बनाएको कृष्ण सिटौला समूहले दलको नेतामा देउवालाई मत दिएको छ भने पद्म नारायण चौधरीसहितका पौडेल समूहका नेताहरु निर्वाचनको पूर्वसंध्यामा देउवा समूहमा गएका थिए ।

कांग्रेस छाडेको घोषणा गरेका सांसद सुरेन्द्र चौधरीले पनि मतदान गरेका छन् । महाधिवेशनका क्रममा क्षेत्रमै पराजित भएपछि उनले कांग्रेस पार्टी छाडेको घोषणा गरेका थिए ।

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ

दलको नेतामा निर्वाचित भएपछि देउवाले कांग्रेसले अब संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले भने, प्रतिपक्षी कडा भएन भने सरकार निरंकुश हुन्छ ।’

उनले मधेसको समस्या समाधानका लागि पहल लिने बताए । साथै आन्दोलनरत पक्षले पनि आफ्नो हट छाडेर सहमतिमा आउनु पर्ने र सरकार पनि गम्भिर हुनु पर्ने उनले बताएका छन् ।

संसदीय दलका नेता देउवाले न्यायालयमा हस्तक्षेप हुन नपर्ने र राजनीतिकरण रोक्नु पर्ने उनले बताए ।

भिडियो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment