+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

तराईका जिल्लामा आज जुडशीतल पर्व मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २ गते ८:५९

judsital parba

२ वैशाख, सप्तरी । तराई मधेसका जिल्लामा सिरुवा अर्थात् जुडशीतल पर्व हषोल्लासका साथ आज मनाइँदैछ ।

सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दै बुधबारदेखि सुरु भएको यस पर्वमा कुलदेवताको अगाडि बुधबार शीतल जल, पुष्प तथा प्रसाद चढाई आज बिहान त्यो शीतल जल ज्येष्ठ व्यक्ति मान्यजनबाट सबैको टाउकोमा छर्केर आशीर्वाद दिने र दीर्घायुको कामना गर्ने गरिन्छ ।

साथै घरका छेउछाउमा रहेका रूख तथा बोटबिरुवामा समेत शीतल जल छर्किने गरिन्छ । यसबाट शान्ति र शीतलतासमेत प्रदान गरिने विश्वास गरिन्छ । यस पर्वमा बरी, करहीलगायत विभिन्न खानेकुराको परिकार बनाएर खाने चलन छ भने युवायुवतीले एकअर्कालाई हिलो छ्याप्ने तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गर्ने गर्दछ ।

सप्तरीको सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न गाउँघरमा एकआपसमा हिलो छर्किने काम आज बिहानदेखि सुरु भएको छ । प्रत्येक वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रवेश गरेको दिन जौको पीठोबाट बनाइएको सत्तु खाएर बुधबार सतुवाइन पर्व मनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?