+
+
ब्रेकिङ न्यूज :

साउदीमा नेपाली राजदूतमाथि दूताबासमै छुरा प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २ गते १८:२०

Ananda-Prasad-Sharma

२ वैशाख, रियाद । साउदी अरबका लागि नेपालका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि दूताबासमै छुरा वप्रहार भएको छ ।

रियादस्थित नेपाली राजदूतावासको कार्यकक्षमा नै शर्मामथि छुरा प्रहार भएको हो । शर्माको किङ् फइसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको छ ।

केही महिनादेखि दूताबासको सेल्टरमा रहेका नेपालीले नै छुरा प्रहार गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले अनलाइनखबरसाग भने, ‘छुरा लिएर गएर ढोका लगाएर आक्रमण गरेका रहेछन् ।’

कार्यवाहक राजदूतको अवस्था खतरामुक्त छ । छुरा हान्ने नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?