३ वैशाख, काठमाडौं । नेपालविरुद्ध शनिबार हुने खेलमा नामिबियाका स्पिनर बेर्नाड स्कोल्च खेल्न नसक्ने भएका छन् ।
नामिबियाका कप्तान स्टेफन बार्डले स्लो लेफ्ट आर्म अर्थोडक्स स्कोल्च खेल्न नसक्ने जानकारी दिएका हुन् । २६ वर्षका स्कोल्चले टी-२० विश्वकप छनोटमा पपुवा न्यूगिनीविरुद्ध ४९ रनको जित दिलाउने क्रममा एकै ओभरमा थ्रिलर विकेट मेडन खेलेका थिए ।
त्यसअघि २०१३ मा आई कपमा नेदरल्याण्डविरुद्ध जित दिलाउनेे क्रममा दोस्रो पारीमा ५ विकेट लिएका थिए ।
निकोलसका भाइ समेत रहेका बेर्नाड नामिबिया टिममा भरपर्दा बलर हुन् । उनले फस्ट क्लास क्रिकेटमा १७६ विकेट लिएका छन् । लिस्ट ए मा ६२ र टी-२० मा उनले ६० विकेट लिएका छन् ।
प्रतिक्रिया 4