+

इक्‍वेडरका फुटबलर पिनेइडाको गोली हानी हत्या

२०८२ पुष  ३ गते २०:०१ २०८२ पुष ३ गते २०:०१
इक्‍वेडरका फुटबलर पिनेइडाको गोली हानी हत्या

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इक्वेडरका फुटबलर मारियो पिनेइडालाई गुआयाकिलमा मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानी हत्या गरेका छन्।
  • इक्वेडरको गृह मन्त्रालयले घटनाको अनुसन्धानका लागि विशेष प्रहरी टोली खटाएको छ।
  • गुआयाकिलमा जनवरीदेखि सेप्टेम्बरसम्म १,९०० हत्या भएका छन् र पछिल्लो समय गिरोह हिंसा बढेको छ।

३ पुस, काठमाडौं । इक्‍वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ । इक्‍वेडरको गुआयाकिल शहरमा भएको घटनामा ३३ वर्षीय पिनेइडाको ज्यान गएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार उत्तर गुआयाकिलको एक पसल बाहिर मोटरसाइकलमा आएका दुई व्यक्तिले पिनेइडा, उनकी आमा र अर्की एक महिलामाथि गोली चलाएका थिए।

घटनाको अनुसन्धानका लागि इक्‍वेडरको गृह मन्त्रालयले विशेष प्रहरी टोली खटाएको छ।

गुआयाकिल पछिल्लो समय गिरोह हिंसा र लागुऔषध कारोबारका कारण असुरक्षित बन्दै गएको छ। जनवरीदेखि सेप्टेम्बरसम्म मात्र त्यहाँ १,९०० हत्या भएका छन्, जुन इक्‍वेडरमै सबैभन्दा धेरै हो।

सेप्टेम्बरमा दोस्रो डिभिजनका तीन फुटबलरको हत्या भएको थियो भने अक्टोबरमा एक स्थानीय खेलाडी गोलीकाण्डमा घाइते भएका थिए।

पिनेइडाले २०१४ देखि २०२१ सम्म इक्‍वेडर राष्ट्रिय टोलीका लागि नौ खेल खेलेका थिए। उनले क्लब करिअर इन्डिपेन्डिएन्ते डीभीबाट सुरु गरी २०१६ मा बार्सिलोना एससी (गुआयाकिल) पुगेका थिए। उनी फ्लुमिनेन्से र एल नासिओनालमा लोनमा पनि खेलेका थिए।

इन्डिपेन्डिएन्ते र फ्लुमिनेन्सेले सामाजिक सञ्जालमार्फत पिनेइडाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। बार्सिलोना एससीले यो खबरले क्लब परिवारलाई गहिरो दुःख दिएको जनाएको छ।

इक्‍वेडरियन फुटबल महासंघले हिंसाको निन्दा गर्दै पिनेइडाको परिवारप्रति समवेदना प्रकट गरेको छ।

मारियो पिनेइडा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय