Comments Add Comment

युट्युव स्टार निक्कीको अमेरिकामा नेपाली मन !

nickey-karkiवासिङटन डीसी ।  भनिन्छ, कुनै पनि चिज को  महत्व तब झन् बढ्छ, जब त्यो चिजबाट टाढा भइन्छ । हो त्यस्तै भनाइसँग सबैभन्दा मिल्ने कुरा हो जब हामी नेपालीले परिस्थिति वा चाहना, जुनसुकै कारणले देश छोडेर विदेश गइसकेपछि आफ्नो मातृभूमिको झन् बढी माया लाग्ने गर्छ ।

अनि सबै नेपालीहरुको मनमा एउटै गीत गुन्जिने गर्छ-  यो मन त मेरो नेपाली हो । यही भावना मा आफ्नो आवाज भरेकी छिन् यू टुब क्विन निक्की कार्कीले  ।  दुर्इवटा अति चलेका र हरेक नेपालीको मुटुको नजिक भएका गीतको यो फ्युजनमा साथ दिएका छन् लक्ष्मी, सहास, सुयश, शिव र खालिदले ।

यो भिडियो अमेरिकाको सान-फ्रानसिस्को शहरमा शूट गरिएको हो ।

 प्रनिशले म्युजिक एरेन्ज गरेको यो गीतको भीडीओ एसबाबु प्रोडक्सनका एसबाबु संदीपले सम्पादन, छायांकन, कलर करेक्सन र   निर्देशन गरेका हुन्  ।

अमेरिकामा बस्दै अाएकी गायिका निक्की युट्युवमा नेपाली दर्शकमाझ निकै लोकप्रिय छिन् जसले चर्चित कालजयी गीतहरूलार्इ अाफ्नो सुमधुर अावाजमा कभर गीतका रूपमा प्रस्तुत गर्ने गर्छिन् ।

nickey-karki-2

 
हेर्नुहोस् भिडियो-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment