Comments Add Comment

मेक्सिकोस्थित तेल कम्पनिमा विष्फोट, ३ को मृत्यु, १३६ घाइते

मेक्सिको । दक्षिण पूर्व मेक्सिकोको वेराक्रुज राज्यमा रहेको पेमेक्स नामक तेल कम्पनिमा विष्फोट भएको छ । विष्फोट हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ भने १ सय ३६ जना घाइते भएका छन् ।

mexico_oil_plant_explosion_-photo_afpसरकारी स्वामित्वको उक्त तेल कम्पनि कोटजाकोलोस भन्ने स्थानमा छ ।

बिष्फोट पछि वरपरका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सबै विद्यालयहरु बन्द गरिएको छ ।

विष्फोटपछि लागेको आगो नियन्त्रणमा आएको छ भने धुवाँको मुस्लो पनि कम भएको छ । विषालु ग्यास फैलिने खतरा पनि कम हुँदै गएको बताइएको छ ।

कम्पनिले भने विष्फोटपछि पनि तेल निर्यातमा कुनै असर नपर्ने दाबी गरेको छ ।

मेक्सिको सिटीस्थित पेमेक्स कम्पनिको मुख्यालयमा सन् २०१३ को जनवरीमा विष्फोट हुँदा ३७ जनाको मृत्यु भएको थियो ।

यसैगरी सन् २०१२ को सेप्टेम्बरमा तामाउलिपासको एक ग्यास प्लान्टमा विष्फोट हुँदा कम्तिमा ३३ जनाको मृत्यु भएको थियो ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment