१० वैशाख, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउ नाउ क्याम्प स्टेडियम पुनर्निर्माण योजना सार्वजनिक गरेका छन् ।
बार्सिलोनाले ला लिगामा डिपोर्टिभोलाई ८-० को फराकिलो अन्तरले पराजित गरे लगतै स्टेडियम पुनर्निर्माण योजना सार्वजनिक गरिएको हो । क्लबका अध्यक्षलाई प्रशिक्षक लुइज इनरिकेसँगै खेलाडीहरु लिओनल मेस्सी, आन्द्रे इनिष्टासहितका खेलाडीहरुले साथ दिएका थिए ।
यो प्रोजेक्ट डिनाइन जापानी र्फमले गरेको हो, जस अनुसार ९९ हजार दर्शक क्षमतालाई बढाएर १ लाख ५ हजार बनाइनेछ । साथै रंगशालामा छाना पनि हालिने भएको छ ।
क्लबका अनुसार पुनर्निर्माणको काम २०१७ बाट सुरु हुनेछ र २०२१ मा सम्पन गर्ने लक्ष्य छ । यो ६०० मिलियन युरोको प्रोजेक्ट हो ।
तर, पुनर्निर्माणको काम अफसिजनमा मात्र गरिनेछ र यसले बार्सिलोनाको होम गेमहरुलाई प्रभाव पार्ने छैन ।
Football won’t stop during work on the #NouCampNou This is what the transformation will look like https://t.co/E4htS3GeXg
— FC Barcelona (@FCBarcelona) April 22, 2016
प्रतिक्रिया 4