+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

प्रधानसेनापति क्षेत्री अमेरिका जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १० गते १६:२०

सेनापति राजेन्द्र क्षेत्री

१० वैशाख, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री अमेरिकी सेनाको औपचारिक निमन्त्राणमा १० दिने अमेरिका भ्रमणमा जाने भएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति अमेरिकी सैनिकको कमाण्ड एण्ड जनरल स्टाफ कलेज, अमेरिकी आर्मी वार कलेज पेन्सलभेनियाको इन्टरनेश्नल फेलो हलमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन १२ गते त्यसतर्फ जान लागेका हुन् ।

अमेरिकाको त्यस सैनिक शिक्षण संस्थाबाट वार कलेज र जनरल स्टाफ कलेज गरेर उच्च तहमा पुग्नेहरुलाई सम्मान गर्ने परम्परा अनुसार प्रधानसेनापति क्षेत्रीलाई सम्मान गर्न लागिएको हो ।

अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेश्नल हल अफ फेममा सम्मानित हुने क्षेत्री नेपालका पहिलो प्रधानसेनापति हुने जंगीअड्डाले जनाएको छ ।

सेनापति क्षेत्रीले अमेरिका भ्रमणका क्रममा अमेरिकी सेनाका उच्च अधिकारी, संयुक्तराष्ट्र संघका पदाधिकारी लगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।  उनी वैशाख २३ गते स्वदेश फिर्ता हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?