Comments Add Comment

सीमानाका सिपाही के भन्छन् ? के गर्छन् ?

birjung (2)जितेन्द्र चौधरी भन्छन्-“हमनी देश के रक्षा के ले देह लगा के ड्युटी कर सकेला” ।

सीमानाहरुको संवेदनशीलता विश्वमा जहाँ पनि हुन्छ । चाहे अमेरिका र मेक्सिकोवीचको सीमाना होस्, चाहे अफगानिस्तान र पाकिस्तान वीचको सीमाना होस् वा नेपाल र भारतवीचको । सीमाना भनेको सुरक्षाको आधार हो।  स्वाभिमानको निशाना हो । र, सीमाना भनेको आफ्नो आमाको अस्मिता समेत हो ।

भुमिको अधिकार सीमानामाहरुमा बाँधिएको हुन्छ । भूमिले अधिकार पाएमा मात्र कुनै पनि देशका नागरिक सार्वभौम हुन्छन् ।

सुरक्षाका दृष्टिकोणबाट हेर्दा नेपाल, भारतवीचको खुला सीमाना ज्यादै नै संवेदनशील देखिन्छ । त्यसैले हाम्रा जंगे पिलरहरू फिर्ता गर भन्ने नाराहरू घन्किन्छन् बेलाबेलामा । सीमाना मिचिएका समचारहरू प्रकाशित हुदाँवित्तिकै सीमाना मै पुगेर राष्ट्रिय झण्डा गाड्ने देशभक्तहरू समेत छन् । तिनको तर्क हुन्छ-हाम्रो अस्मिता लुटियो, हामीलाई हेपियो भन्ने ।

राजनीतिक दलका नेताहरुले पनि मिचिएको सीमानाकै एजेण्डा अगाडि सारेर जनताको ‘सेन्टिमेन्ट-क्यास’ गर्छन् ।

सुरक्षा होइन, सामाजिक दृष्टिकोणबाट ब्याख्या गर्दा पनि हाम्रा सीमानाहरू संवेदनशील मोडहरुमा उभिएका छन् । को मधेसी हुन्, को बिहारी हुन् भनेर चिन्न हम्मे-हम्मे परेको छ ।

गम्भीर अपराध गरेर भाग्नेहरुका लागि स्वर्णिम द्वार बनेको छ सीमाना । राजस्व छलेर एकै रातमा युगभरिका सन्तानहरुलाई पुग्ने धन कुम्ल्याउनेहरुका लागि अवसरको ढोका जस्तै भयो यो सीमाना । यिनै तमान समस्याहरुका बाबजुद नेपाल-भारतवीचको खुला सीमानालाई युगअनुसार व्यवस्थित गर्नुपर्दछ भन्ने बहसहरू नचलेका पनि होइनन् । तर ती बहसहरू केवल बहसकै रुपमा सम्पन्न भए ।

वास्तवमा दुनियाँ डिजिटल युगमा प्रवेश गरिसकेका बेला हराएका ती जंगे पिल्लरहरू आफै जुरुक्क उठेर आउने छैनन् । हाम्रो चेतना, मगज र चिन्तन नदिएपछि सीमानाहरू उठ्दैनन् ।

पछिल्लो समय नेपालीहरुको जागरुकता बढेर गएको छ । सानो देशले आफ्नो स्वाभिमानको रक्षा कसरी गर्ने भन्ने सवालमा ठूलो हिस्सा निकै चिन्चित देखिन्छन् । राजनैतिक अस्थिरता, छिमेकी देश भारतको नाङ्गो हस्तक्षेपका कारण हामी कालान्तरमा पुगेर फिजीकरण र सिक्किमीकरणको शिकार त हुँदैनौ ? यस्तो दुरगामी दृष्टिको जन्म लोकवासीमा पलाएकै छ ।

नयाँ संविधानको घोषणा पश्चात भोग्नुपरेको नाकावन्दी र असन्तुलित राजनैतिक घटनाक्रमले झन् रोटिबेटीको सम्बन्ध जार र सौताको जस्तो भएको छ । यो खुला सीमानाको फाइदा उठाउँदै हरेक घटनाक्रमका पछाडि नेपाल-भारतवीचको विषेश समवन्ध ( खुला सीमाना ) लाई नै प्रमुख अस्त्र बनाइन्छ । तर, खुला सीमानाले नेपालको भूमिलार्इ कति खतरनाक एवं दुरगामी असर पारेको छ भन्ने कुरा बुझेर पनि बुझ पचाउने मानिसहरु नीति निर्माण गर्ने तहमा छन् ।

यिनै घटनाक्रमहरुले विकशित रुप लिँदै गर्दा यो पङ्गतिकार उत्तेजित मुद्रामा पहिलोपटक आफ्नो देशको सीमानामा पुगेको थियो ।

नेपाल र भारतबीचको खुला सीमानाका मध्ये एउटा सीमाना विरगंज-रक्सौल सीमाना हो । आफ्नो सीमानामा ठिङ्ग उभिदाँ उसका आखाँमा भारत-जम्मु काश्मिरवीचको नाकामा लगाइएका काँडेतारहरू कैद भएका थिए । जमीनमुनि बिच्छाइएका विस्फोटक पदार्थलाई उनीहरुले सीमानाको साथी बनाएका छन् ।

birjung (1)हाम्रो सोच त मोटामोटी जंगे पिलरको न छ । त्यो पनि उहिलेको जिजु बाजेहरूका पालाको जंगे पिलर । खुला सीमानालाई व्यववस्थित गर्न नसक्दा हाम्रा लाखौ दिदीबहिनी, चेलीबेटीहरू बम्बैको कोठीमा बेचिन बाध्य छन् । र, खुला सीमानाले हामी सबैको अस्मिता लुटिरहेको छ । नेपालका मधेसी परिवारहरू दिनहुँ लुटिन, कुटिन बाध्य भएका छन् । आन्दोलनका नाममा अपराधीहरुले भुत नचाउँछन् । पङ्गतिकारको साहित्यिक मनमा कस्ता-कस्ता बिम्बहरू जन्मे होलान् ?

सीमानासम्मको यात्रा

सीमानालाई आफ्नो आँखाको क्यानभासमा कैद गर्ने महान तथा गौरवशाली सपना बोकेर वीरगञ्ज पुग्दा फूर्र उज्यालो भएको थियो । चोकमै चियाको दोकान होला कि नहोला भनेर मलाई चिन्ता थियो । रात्रि बसको झ्यालतिरको सिटमा बसेर यात्रा गर्दा आनन्द आउँछ । तर हावाका झोकहरुले गर्दा टाउको निकै चिसो हुन्छ ।

सीमाना नजिकै सडक किनारमा उभिएर मधेसी आमाको हातबाट एक मुठी चिया पिएँ मैले । साथमा एक घोगा पोलेको मकै पनि खाएँ ।

सवारी साधनका रुपमा टांगा र वयलगाढाहरू यसअघि कहिल्यै देखेको थिइँन । वीरगञ्ज शहरमा जनावरले मानिसलाई यात्रा गराउँछन् भन्ने कुरा साथीहरुको मुखबाट सुनेको थिएँ । मैले टांगालाई भाडामा लिएर वीरगञ्ज बजार परिक्रमा गरें ।

यस्तो मुड चलेको थियो मनमा कि सबैले सुन्ने गरि भोजपुरी गीत गाइदिउँ । त्यसपछि टांगालाई नै साथमा लिएर म भारतको भुमि रक्सौलमा पुगें । त्यहाँ पुग्दाका दयनीय अनुभवले पटनासम्मको यात्रावीचमै तुहियो ।

हाम्रो (नेपालको) भुभाग पट्टि ड्यूटी गरिरहेका थिए नेपाल प्रहरीका चारजना सिपाहीहरुले । नजिकै उनीहरुका कमाण्डर ( सई ) बस्ने चौकी पनि थियो । सवारी साधन आवात जावतका लागि बिहानै नाका खुलेपछि प्रहरीहरुले चेक जाँच गर्न थाल्छन् ।

भारतको भूमिबाट म आफ्नो भूमिमा आइपुग्दा बिहानको ९ बजेको थियो । भारतबाट नेपाल भित्रिन खोजिरहेका ठूला सवारी साधनहरू भन्सार प्रकृयाका लागि प्रतिक्षामा थिए । टांगा, रिक्सा, बयलगाढा, मोटरसाइकल र साना सवारी साधनहरूलाई सिपाही जितेन्द्र चौधरीले होसियारिका साथ चेकजाँच गर्दैथिए ।

नाकाबन्दीको समयमा पनि जितेन्द्रले सीमानाका वरिपरि नै बसेर ड्युटी गरे । आन्दोलन निकै हिंसात्मक भएकाले कहिलेकाँही त उनलाई बाँचिदैन कि जस्तो पनि लाग्थ्यो । आन्दोलनकारिहरुले निकै कठोर ढङ्गबाट प्रहरीहरुलाई जलाउने, कुट्ने, लखेट्ने काम गरेकोमा उनी धेरै दुखी छन् ।

जितेन्द्र चौधरीको फुर्तिफार्ती राम्रै थियो । उनले हरेक दिन भारतबाट रक्सौल हुँदै नेपाल भित्रिने र नेपालबाट रक्सौल जाने विभिन्न सवारी साधनहरुको चेकजाँच गर्छन् । भारतको भूमितर्फ राँचि, सुगौली, बनारस, पटना, हाउडा जस्ता स्थानमा जाने नेपालीहरुको चाप निकै हुन्छ । धार्मिक उद्देश्य र व्यापारका लागि नेपालका सीमावर्ति जिल्लाहरु बारा, पर्सा, सिराहा, सप्तरिमा ठूलो संख्यामा भारतीयहरु दैनिक रुपमा वीरगंज नाकाबाट भित्रिने गर्दछन् ।

“जितेन्द्र जी मैले हेर्दाहेर्दै तपाईले दर्जर्नौ सवारी साधनहरु जाँच गर्नुभयो, गर्मी बढिरहेको छ । तपाईको निधारमा पसीना खलखली बगेको छ । झ्याउ लाग्दैन भन्या ?” पङ्गतिकारको प्रश्नलाई उनले बुझेका त थिए, तर उत्तर दिन अन्कनाइरहेका थिए । तपाईको हाकिमसँग कुरा गरेको छु जितेन्द्र जी बोल्नुहोस्, केही फरक पर्दैन यार  भनेपछि जितेन्द्रले जोश निकालेर भने-“हम नि देशके रक्षके ले देह लगा के ड्युटि कर सकेला ।”

“हम नि ले चेलीबेटी यी नाकसे भारतमे खरिद होला । इसलिए बेसी चलाख होके के पढी । हमने बहुत दलालके पकडिसन ।”

जितेन्द्र नेपाली भाषा बोल्न जाने पनि भोजपुरीमै बोलेर मलाई रोचकता प्रदान गर्न चाहन्थे । पहाड र भित्री मधेसबाट सयौ सोझा चेलीबेटीहरु फकाई फुल्याई दलालहरु मार्फत बेचिने गरेकोमा जितेन्द्र दुखी छन् । चेलिबेटीहरुले दलाललाई मामा, दाई, भिनाजु काका भन्ने गरेको उनको बुझाइ छ । उनीसँगै माइती नेपालका दुईजना महिला कर्चचारीले चेकजाँज गर्छन् । अपबाद बाहेक उनको ड्युटि सीमानामा मै हुन्छ ।

नाकाबन्दीको समयमा पनि जितेन्द्रले सीमानाका वरिपरि नै बसेर ड्युटी गरे । आन्दोलन निकै हिंसात्मक भएकाले कहिलेकाँही त उनलाई बाँचिदैन कि जस्तो पनि लाग्थ्यो । आन्दोलनकारिहरुले निकै कठोर ढङ्गबाट प्रहरीहरुलाई जलाउने, कुट्ने, लखेट्ने काम गरेकोमा उनी धेरै दुखी छन् । भन्छन् “बोडर कि ड्युटि कठिन बा । दोसर जग खानि सजिलो नैखे । नाकाबन्दी, आन्दोलन मे तो ओर कठिन होकेला । देशके सेवा करेकि पढी ।”

जतिसुकै कठिन घडि किन नहोस्, देशको सेवाबाट विचलित भएर प्रहरी जवान भाग्न नमिल्ने कसम खाएको संस्मरण गर्छन् जितेन्द्र ।

police inchargeमैले फिल्मी तरिकाले गुण्डा समातेँ  

सीमानाका नजिकै छ सीमानामा खटीजाने सिपाहीहरुलाई ड्युटि खटाउने र पक्राउ गरिएकाहरुलाई कारबाहीकाम लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने सई रुपेश झाले सम्हालेको प्रहरी पोष्ट । ‘म यहाँ आएपछि चोरि, डकैती तस्करी, ब्राउन सुगर, डाईजिपाम, टीटी सुई, चेलिबेटी  बेचबिखन अनि हुल हुज्जत पूर्ण बन्द भएको छ । जिरो भयो भन्दा पनि हुन्छ ।” रुपेश झाले धैरैपटक फिल्मि शैलीमा अपराधीलाई च्याप्प समातेको संमरण सुनाए ।

“अस्ति एकजना मुन्द्रेले एक झोला टीटी सुई बोकेर नाकापार गर्दै रहेछ । ए, बाईक रोक भन्दा रोकेन । बाफ रे, साला हरामी त कुदिपो हाल्यो रे ! जब मेरो टाइम आयो नि, मेरो बाइक स्टार्ड गरेर यति भगाएँ, यति भगाएँ, हुन्छ नि त्यो फिल्ममा हो त्यस्तै ।”

रुपेश झाले सीमानाका गुण्डा समात्ने कुरा चानचुने कदम हुन नसक्ने बताउँदै भने”-मधेसमा घटना घटायो अनि भाग्यो बिहारतिर । जम्मा ३ किलोमिटर भाग्यो भने अपराधीलाई समात्न अधिकार छैन हामीसँग ।”

त्रसित बनेको सीमा क्षेत्र आन्दोलन स्थगित भई नाकाबन्दी खुलेपछि बिस्तारै सहज बन्दै गएको अनि सीमा शुरक्षामा ध्यान केन्द्रित गर्नका लागि प्रयाप्त समय पुगेको रुपेश झा को बुझाइ छ । विगतको तुलनामा अपराधिक घटना कम हुँदै गएको छ । वीरगञ्ज व्यापापारिक नाका भएकाले कर्मचारीहरुका लागि कालो धन कमाउने राम्रो अवसर हुन सक्छ, तर जितेन्द्र भन्छन्-“जति तलव छ त्यति मै सन्तुष्ट हुनुपर्छ, म त छु । मालसमानमा राजस्व छलीका मेरो सहयोग माग्न आउने व्यपारीहरुले एक थान फलामको हतकडी लिएर आउनू ।”

हतकडीको कुरा आउँदा आफ्नो नाडीलाई हेरें मैले । घडीमा साँझको ६ बज्नै आँटेको रहेछ । यो समय भने म टांगा चढिँन । नीलो रंगको ट्याम्पूमा गीत बजिरहेको थियो-

केकरा से करि अरजिया हो सगरे बेइमान

भिखारी ठाकूर के एक साथी कि दस्तान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment