Comments Add Comment

भूकम्पपछि धादिङमा खानेपानी समस्या, समाधानका लागि स्थानीय सक्रिय

drinking-water-kahnepani
११ वैशाख, मलेखु (धादिङ) ।  गत वर्षको वैशाख १२ को भूकम्पले गाउँ क्षतविक्षत भयो । सबैका घर लडे । गाईवस्तु मरे, गाउँबासी घाइते भए । पशु मरे । गाउँमा उद्धार गर्ने युवा समेत नभएकाले गाउँ समस्यामा पर्‍यो । खानेपानीको ट्यांकी फुुटेपछि खानेपानी समेत गाउँवासीले खान पाएनन् ।

उत्तरी धादिङको त्रिपुरेश्वर गाविस डाँडागाउँ भूकम्पले गर्दा सबै मानवीय सुविधा सकियो । केवल घरमा अन्न मात्र उनीहरुसँग बाँकी थियो ।

अक्सफाम र कोसोक नेपालको सहयोगमा सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ कार्यक्रममा काम गर्ने मानिसको अभाव भयो । कार्यक्रम सुरु भएको लामो समयसम्म काम हुन सकेन ।

गाउँमा युवा नभएर समस्या परिरहेको डाँडागाउँबासीले पानीका लागि समस्या झेल्नुभन्दा सबै मिलेर काम गर्नु उपयुक्त ठाने ।

गाउँमा काम गर्ने मानिस नभए पनि उनीहरुमध्ये वृद्ध उमेरका आमाहरुले दिन रात मिहिनेत गरेर काम गरे । गाउँमा सबैभन्दा धेरै महिला र वृद्ध मात्र । उनीहरुका भरमा खानेपानी योजनाको काम गरिएको डाँडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष सुशीला थापाले बताए ।

२९ लाख रूपैयाँको लागतमा निर्माण हुने खानेपानी तथा सरसफाइ योजना समुदायको सहभागितामा समेत निर्माण भएपछि गाउँबासी खुसी भएको कोसोक नेपालका कार्यक्रम संयोजक प्रज्वल शर्माले बताए ।

डाँडागाउँ मात्र होइन त्रिपुरेश्वर गाविसमा चार र सत्यदेवी गाविसमा चार गरी आठ खानेपानी तथा सरसफाइको योजना सञ्चालन भइरहेको छ । गाउँमा युवकहरु पलायन भएकाले महिला र वृद्धवृद्धाले गाउँमा खानेपानीका लागि काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment