१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल विवाह वन्धनमा बाँधिने भएका छन् ।
नेविसंघकी नेतृ एञ्जिला न्यौपानेसँग उनको १५ वैशाखमा लगनगाँठो कसिने भएको हो । आइतबार उनीहरुले इन्गेजमेन्ट गरेका छन् ।
रामेछाप घर भएकी एञ्जिला पद्मकन्या क्याम्पसकी पूर्वस्ववियू सचिव हुन् । उनीहरुको सम्वन्धका विषयमा पहिलेदेखि नै विभिन्न पूर्वानुमान गरिएको भए पनि दुबैले त्यसलाई अस्वीकार गर्दै आएका थिए । विवाह गर्ने भनेर निर्णय लिएपछि आफूले एञ्जेलालाई प्रस्ताव गरेको प्रदीपले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4