Comments Add Comment

‘प्रेमगीत’का निर्माता-नायक एकातिर, नायिका-निर्देशक अर्कोतिर

sudrshan-and-pooja

चलचित्र ‘प्रेमगीत’ रिलिज भएर चर्चा पनि पाइसकेको छ । नेपालबाट लगानी उठाउन नसकेपछि यसको कमाइलाई कमजोर भने मान्न सकिंदैन । बजेट धेरै भएकाले चलचित्रको लगानी उठ्न नसकेको हो ।

तर, चलचित्र रिलिज भएसँगै अहिले यसका कलाकार, निर्माता र निर्देशकविच ३६ को आँकडा देखिएको छ । चलचित्रका नायक प्रदिप खड्का र निर्माता सन्तोष सेन चलचित्र प्रदर्शनको लागि विदेशमा छन् । तर, निर्माताले नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापालाई वेवास्ता गरेको पाइन्छ ।

यसको प्रत्यक्ष असर अब देखिएको छ । नायिका पूजा शर्माले नायक प्रदिप खड्का र निर्माता सन्तोष सेनलाई फेसबुकबाट हटाएकी छिन् । प्रदिपले नै आफ्नो सम्बन्ध राम्रो हुँदा हुँदै पनि नायिकाले हटाएको बताएका छन् ।

चलचित्र प्रदर्शनसँगै निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनविच पनि दुरी बढेको चर्चा छ । तर, निर्देशक थापा भने यो कुरा अस्विकार गर्छन् । निर्देशकले अस्विकार गरेपनि घटनाक्रमले यस्तै देखाएको छ ।

आखिर, चलचित्र रिलिज भएपछि नायक-निर्माता एकातिर, नायिका-निर्देशक अर्कोतिर भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment