+
+

जिशिअलाई कालोमोसो दल्ने विप्लव माओवादीका बिद्यार्थी नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १८ गते १३:१२
प्रकाश अधिकारी (बायाँ) र विकाश अधिकारी (दायाँ) |
प्रकाश अधिकारी (बायाँ) र विकाश अधिकारी (दायाँ) |

१८ वैशाख, काठमाडौं | जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा विप्लव माओवादीको दुर्इ बिद्यार्थी नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका प्रकाश अधिकारी र विकास अधिकारी छन् । उनिहरुलाई काठमाडौंका जिशिअ गौतमलाई कालोमोसो दलेको आरोपमा प्रहरीले शुक्रबार जोरपाटीबाट प्रकाउ गरेको हो ।

सार्वजनिक अपराध मुद्दाअन्तर्गत स्वयम्भू महानगरीय प्रहरी वृत्तमा राखिएको छ । अखिल क्रान्तिकारीले उनीहरुलाई सोमबार सम्ममा रिहाई नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीका काठमाडौँ जिल्ला संयोजक रहेका प्रकाश अधिकारीसहित ४ जनाको समूहले बुधबार दिउँसो काठमाडौं जिल्ला शिक्षा कार्यालयमै प्रवेश गरी जिशिअ गौतमलाई कालोमोसो दलेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?