+
+
Shares

सुनुवाई समिति गठनका लागि दलहरुबीच छलफल, सहमति जुटेन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १९ गते १४:०५

KP-Oli,-Onsari,-Sherbahadur,-Prachand

१९ वैशाख, काठमाडौं । सभामुख ओनसरी घर्तीले संसदीय सुनुवाइ विशेष समिति गठनका लागि सहमति जुटाउन प्रमुख तीन दलका शिर्ष नेतासँग सामूहिक छलफल गरेकी छन् ।

सभामुख घर्तीले सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई आइतबार सिंहदरबारस्थित आफ्नै  कार्यकक्षमा बोलाएर संसदीय सुनुवाइ विशेष समितिका विषयमा छलफल गरेकी हुन् ।

तीन दलका नेताहरुको मत बाझिएका कारण समिति गठनको विषयमा कुरा नमिल्दा नियमावली बनाउन ढिलो भएको र त्यसको असर प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी तथा राजदूतको नियुक्तिमा परेको सभामुख घर्तीले बताइन् ।

सभामुखसँगको भेटवार्तापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बसेर संसदीय सुनुवाइ समितिका बारेमा जवाफ दिने बताए ।

नियमावलीको विषयमा निर्णय गर्नका लागि नियमावली मस्यौदा समितिको बैठक सोमबार बोलाइएको छ । तिनै दलका नेताले त्यो बैठक पहिले नै आफुहरु एउटा निष्कर्षमा पुगिसक्ने बताएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।

सभामुख घर्तीले नियमावली बनाउन ढिलो भएको विषयमा यसअघि तिनै दलका शिर्ष नेताहरुसँग अलग अलग रुपमा भेटवार्ता गरेकी थिइन् । संसद्ले नियमावलीको मस्यौदा बनाउन एक महिनाको समय दिएर समिति गठन गरेको सात महिना पुग्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?