+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमाओवादीको बटमलाइनः सहमतीय भए प्रचण्ड, बहुमतीय भए शेरबहादुर

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते १८:५७

prachanda--sherbahadur२२ वैशाख, काठमाडौं । सत्ता साझेदार दल एमाओवादीले केपी ओलीको विकल्प खोज्ने औपचारिक निर्णय गरे पनि अब बन्ने बहुमतीय सरकारको नेतृत्व गर्न प्रचण्ड इच्छुक देखिएका छैनन् ।

नयाँ सरकारबारे एमाओवादीका एक नेताले भने- ‘राष्ट्रिय सहमतिको सरकार बन्ने भयो भने प्रचण्डको नेतृत्वमा बन्छ, तर एमाले सहमतिमा आएन र फेरि पनि बहुमतीय सरकार नै बन्ने अवस्था आएमा शेरबहादुर देउवालाई पनि मान्न सकिन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै सरकारको नेतृत्व लिन आग्रह गरेपछि एमाओवादी नेताहरु केपी ओलीको विकल्प खोज्न तयार भएका हुन् ।

तर, एमाओवादीको आशा के छ भने उसलाई कांग्रेसले जस्तै एमालेले पनि समर्थन गरिदेओस् । एमाओवादीले नेपाली कांग्रेसको प्रस्ताव आउनासाथ राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसँग एमाओवादीले मंगलबार नै छुट्टा छुट्टै वार्ता गरिसकेको छ । प्रचण्डले एमालेसँग पनि आफ्नो नेतृत्वको सरकारलाई समर्थन  गर्न प्रस्ताव गरेका छन् ।

एमाओवादी स्रोत भन्छ-‘एमाले सहमतिमा आएन र राष्ट्रिय सहमति जुट्न सकेन भने हामीले देउवालाई पनि समर्थन गर्न सक्छौं, तर शान्ति प्रक्रिया, द्वन्द्वकालीन मुद्दा लगायतका विषयमा देउवालाई लिखित कायलनामा गराएर मात्रै समर्थन जनाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?