+
+

एमाओवादीलाई निर्णय पुनर्विचार गर्न सत्ता गठवन्धनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २२ गते २०:०१

२२ वैशाख, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले एकीकृत नेकपा माओवादीलाई सरकार परिवर्तनको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

Baluwatarप्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुकी बसेको सरकारमा रहेका दलहरुको संयुक्त बैठकले वर्तमान सत्ता गठबन्धन जारी राख्नुपर्ने निष्कर्ष निकाल्दै एमाओवादीलाई निर्णय फिर्ता लिन आग्रह गरेको हो ।

‘वर्तमान सरकार गठबन्धनलाई एकताबद्ध राख्दै एमाओवादीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्ने निर्णय भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ।

एकीकृत माओवादीले वर्तमान सरकार परिवर्तनको निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका दलहरुको धारणा बुझ्न बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?