Comments Add Comment

जताततै नक्कलीकै लर्को

डाक्टरदेखि इन्जिनियर र पाइलटसम्मको शैक्षिक प्रमाणपत्र नक्कली

Duplicate-Pilot Final२५ वैशाख, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २४ माघ २०७२ मा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा काम गरिरहेका १२ जना डाक्टर पक्राउ गर्यो ।

त्यसको तीन महिनापछि महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने गिरोहसहित १० इन्जिनियरलाई नियन्त्रणमा लिएको आजको राजधानी दैनिकले जनाएको छ । केही समय नबित्दै सीआइबीले बुधवार नक्कली प्रमाणधारी एक पाइलटलाई पक्राउ गरेको छ ।

सीआईबीले विशेष सूचनाको आधारमा नक्कल प्रमाणपत्र पेस गरी हवाई उड्डयनमा काम गरीरहेका पाइलटको खोजी कार्य अघि बढाएको थियो ।

नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा सीआईबीले करिब ७० पाइलटको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गरिरहँदा नक्कली प्रमाणित भएको एकजना पाइलटलाई बुधवार सार्वजनिक गरेको हो ।

स्वास्थ्य, हवाई उड्डयन र निर्माण यातायातजस्तो सर्वसाधारणको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमै कत्तिसम्म खेलाँची हुँदो रहेछ भन्ने नमुना हुन् उल्लिखित घटनाहरु ।

यसअघि सवारी चालक अनुमतिपत्र लाइसेन्सदेखि सरकारी छाप  तथा लेटरप्याड किर्ते गर्नेहरुलाई मात्र प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो ।

तर पछिल्लो पटक डाक्टर, इन्जिनियर र पाइलटकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली फेलापरेपछि आˆनो अनुसन्धानको दायरा फराकिलो बनाएको सीआईबीका डीआईजी नवराज सिलवाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment