+
+
Shares

नारायणकाजीले महरा र प्रकाशको नाम सूचीबाट हटाए

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते ६:३५

Narayan-Kaji-Shrestha२६, वैशाख, काठमाडौं । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने सूचीबाट महासचिव कृष्णबहादुर महरा र अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको नाम हटाइदिएका छन् ।

अन्तर्राष्ट्रिय विभागका इन्चार्जसमते रहेका श्रेष्ठको असन्तुष्टिपछि चिनियाँ कम्युनिष्ट पार्टी र काठमाडौंस्थित चिनियाँ दूतावासले पठाएको पत्रलाई हेरफेर गर्न लगाएर महासचिव महरा र प्रकाशको नाम चीन जाने सूचीबाह हटाइएको स्रोतले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

स्रोतका अनुसार हालै भारत भ्रमणबाट फर्किएका  महरालाई चीनले नामै किटेर निमन्त्रणा गर्नुलाई एमाओवादीले अर्थपूर्ण रुपमा लिएका कारण उनको नाम सूचीबाट हटाइएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ दूतावासको राजनीतिक डेक्स मार्फत पठाएको  निमन्त्रणापत्रमा महरा, प्रकाश र एकजना पत्रकारसहित १५ जनालाई चीन भ्रमणमा पठाइदिन आग्रह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?