+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘अमरपन्छी’मा सफ्टदेखि हट प्रियंका(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २ गते ११:३०

priyanka karki dance (6)
शनिबार काठमाण्डौको टुँडिखेलमा १० हजार माथि दर्शकको उपस्थितीमा आयोजना भएको ‘अमरपन्छी’ कार्यक्रममा नेपाली चलचित्रका नायिकाहरुले दरिलो प्रस्तुती थिए ।

धेरै नायिकाले पहिलो पटक स्टेजमा नृत्य गरेका थिए भने केहीले नेपालमा । बलिउडबाट आएका २ नायिकाका कारण नेपाली नायिकालाई चुनौती छ भन्ने अड्कल सुरुमै काटिएको थियो । केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा  प्रियंका कार्कीेले स्टेज र लाइट राम्रो हुने हो भने आफूहरु कोही भन्दा कम नभएको बताएकी थिइन् । उनले बलिउड नायिकाहरुलाई नेपाली नायिकासँग चुनौती हुने बताएकी थिइन् । priyanka karki dance (1) priyanka karki dance (2) priyanka karki dance (3) priyanka karki dance (4) priyanka karki dance (5)
यसैले पनि नायिका कार्कीेप्रति सबैको नजर थियो । डोली चढेर फूल छर्दै दर्शकदिर्घामा लालटिन बालेर आएकी कार्कीको प्रस्तुती गजबकै थियो । उनले आफूले सकेको उत्कृष्ट प्रस्तुती दिइन् ।  प्रियंकाले सफ्ट पहिरनमा ‘तिमी नै मेरो, सुर्के थैली, सिरमै सिरबन्दी, कम्मर माथि पटुकी’ बोलको गीतमा नृत्य गरिन् । यसपछि पहिरन परिवर्तन गरेर हट बनेकी  प्रियंकाले ‘मेरो रुपम काली काली, कोही भन्छन् मलाई’ लगयतका गीतमा नृत्य गरिन् ।

नृत्यमा पोख्त मानिएकी सुन्दरीको कलालाई दर्शकले रुचाए । प्रियंका स्टेजमा आउँदा दर्शकको हुटिङ पनि राम्रै थियो । नेपाली नायिकाले नृत्य गरेको सम्पूर्ण गीतको कोरियोग्राफी रेनशा राई वान्तवाले गरेकी थिइन् । priyanka karki dance (7) priyanka karki dance (8) priyanka karki dance (9) priyanka karki dance (10) priyanka karki dance (11) priyanka karki dance (12) priyanka karki dance (13) priyanka karki dance (14)

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?